logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सङ्घद्वारा बिशिष्ट व्यक्तित्वलाई सम्मान र खाेपृङ क्यालेण्डर सार्वजनिकिकरण


  • जन आकाश
  • मंगलबार, चैत्र २७ २०८०

काठमाण्डाै । भक्तपुर विकास सहयाेग सङ्घले एक समाराेहकाे आयोजना गरी ३ जना बिशिष्ट व्यक्तित्वलाई सम्मान गरेकाे छ ।



सम्मानित हुनेहरूमा नेपाल सरकारकाे प्रमुख निर्वाचन आयुक्त , महामहिम राजदुत, नेपाल प्रशासन सेवा तथा विभिन्न संवैधानिक पदहरूमा बसेर निश्पक्ष एवम् कुशल नेतृत्व प्रदान गरी देश विकासका लागि अतुलनिय याेगदान पुर्याउनुभएका सूर्यास्त विम्व (आत्मकथा) का लेखक सूर्यप्रसाद श्रेष्ठ, नारी शिक्षालाई सवलीकरण गर्दै महिलाहरूकाे उत्प्रेरणाकाे स्राेत, शैक्षिक पाठ्यक्रम विकास विज्ञ तथा समाजसेवी एवम् भक्तपुरक‌ै पहिलाे महिला शिक्षिका, जीवन एक,संघर्ष अनेक ( अात्मकथा) का लेखक प्रा. काेमलवदन मल्ल र सङ्घकाे बाैद्धिक सम्पत्ति “खाेपृङ” लाई बि.सं. २०५० सालमा पहिलाे लेख “भक्तपुर राजदरवार” उपलप्ध गराउनुभएका इतिहास, संस्कृति, पुरातत्व सम्बन्धमा लुप्त अनमाेल निधिहरू अन्वेषण गरेर अन्तरझ्गका तरङ्गहरू नामक पुस्तक समेत प्रमाशित गरिसक्नुभएका इतिहासरत्नबाट सम्मानित प्रा.डा. पुरूषाेत्तमलाेचन श्रेष्ठ रहनुभएकाे छ ।

प्रा.डा. सर्वज्ञभक्त मल्लकाे सभाध्यक्षता एवम् प्रा.डा. पुरूषाेत्तमलाेचन श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदानप्रदान र भक्तपुर विकास सहयाेग सङ्घकाे प्रकाशन खाेपृङ क्यालेण्डर-२०८१ काे पनि सार्वजनिकिकरण गरिएकाे थियाे ।

उक्त कार्यक्रममा सङ्घका अध्यक्ष राजुमृगेन्द्र जाेशी, ३ जना सम्मानित व्यक्तित्वहरू , सङ्घका निवर्तमान अध्यक्ष राजाराम जाेशी, सल्लाहकार माेहन श्रेष्ठ, बाग्मति प्रदेशका साँसद दीपेन्द्र श्रेष्ठ, बाग्मति प्रदेशका सभासद हरिप्रभा खड्गी श्रेष्ठ, क्यालेण्डर प्रकाशन समितिका संयाेजक राजन श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएकाे थियाे ।

साे समाराेहमा उपस्थित प्रमुख अतिथि,अतिथि, सम्मानित व्यक्तित्व, सङ्घका सदस्यहरू, बिज्ञापनदाताहरू, पत्रकारहरूलगायतलाई महासचिव प्रा.डा.माला मल्लले स्वागत गर्नुभयाे भने प्रथम उपाध्यक्ष धर्मभक्त बल्लले कृतज्ञता ज्ञापन गर्नुभयाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend