जन आकाश
काठमाडौं । प्रतिष्ठित निर्माण व्यवसायी रमेश शर्मा किर्गिजस्तानका लागि नेपालको अवैतनिक महावाणिज्यदूत नियुक्त हुनु भएको छ । शर्मालाई विहिवार परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल दिलिपकुमार पौडेलले अवैतनिक महावाणिज्यदूतको नियुक्तिपत्र हस्तान्तरण गर्नु भएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार एवं पूर्व अध्यक्ष शर्मा गुणस्तरीय कार्यका लागि देश विदेशमा ख्याति कमाएको शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक हुनुहुन्छ । निर्माण व्यवसायीको पृष्ठभूमिबाट अवैतनिक महावाणिज्यदूत नियुक्त हुने शर्मा पहिलो व्यक्ति हुनुहुन्छ ।
नेपाल र किर्गिजस्तानबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ नेपालमा किर्गिजस्तानको लगानी भित्र्याउन आफूले विशेष पहल गर्ने शर्माले बताउनुभयो । निर्माण व्यवसाय लगायत अन्य विविध क्षेत्रमा समेत लगानी गर्नु भएका शर्मा विभिन्न सामाजिक संस्थामा पनि उत्तिकै क्रियाशिल हुनुहुन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend