logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

कम्प्युटर, मोवाईल अपडेट हुनुपर्ने तर राजनीतिक पार्टी अपडेट हुनुनपर्ने ? डा. भण्डारी


  • जन आकाश
  • आइतबार, बैशाख २ २०८१

काठमाडौ । नेपाली काँग्रेस रामेछाप क्षेत्र (क) समितिले आयोजना गरेको शूभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका प्रतिनिधिसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डरीले कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा उनले भने, “अहिले कम्प्युटर, मोवाईल अपडेट नगरी चल्दैन । तर नेपालका राजनीतिक पार्टीहरु अपडेट हुन नसकेको भनि सम्बोधन गरेका छन् । उनले नेपाली काँग्रेस विद्यार्थी संघका नारायण घिमिरेले अवका युवाहरुको गन्तव्य के भनेर केही अगाडी शूभकामना राख्ने क्रममा बोलेका कुरालाई उल्लेख गर्दै हामीले धेरै गल्ती गरेका छैनौ । मात्र राजनीतिक पार्टीहरु अपडेट हुन नकसेको हो ।



विगतमा बाटोघाटो थिएन । भौतिक पूर्वाधारहरु बनेका थिएनन् । अहिले बाटोहरु बनेकाछन् । स्कुल भवनहरु बनेकाछन् । देशको माटो सुहाउदो कामहरु हुन भने सकेका छैनन् ।” उनले थप्दै भने बिपीले राष्ट्रको वारेमा आफ्नो जिवन जोखिममा राखेर निर्वासनवाट फर्केको दृष्टान्त दिदै भने बरु मरेपनि मरु तर देशलाई अहित हुन दिन्न भनेर राष्ट्रिय मेलमिलापको नीति लिएर फर्किनु भएको हो । उहा फर्केपछि हामीले २०३६ सालमा जनमत सग्रहमा भाग लियौ तर पराजित भयौ लोकतन्त्रमा हार जित हुन्छ । हामीले हार स्वीकार ग¥यौ । लोकतन्त्र भनेको नै यहि हो ।

अर्को प्रशंगमा भण्डारीले नाम चै बिपी, गणेशमान, किसुनजीको गर्ने तर काम चै अरु नै कुनै व्यापारी, तस्कारहरुको अनि मुलुक बन्छ भन्दै सम्बोधन गरेका थिए ।
शूभकामना मन्तव्य राख्नेहरु रामेछाप जिल्लाका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, वर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ,विद्यार्थी नेता तथा ईन्जिनियर नारायण घिमिरेले शूभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व नेपाली काग्रेस रामेछाप (क)का क्षेत्रिय सभापति निरोज खड्काले गरेका थिए । कार्यक्रम काठमाडौको मध्य वानेश्वरमा भएको थियो । रामेछाप जिल्लाका नेपाली काँग्रेसका बिभिन्न समितिका पदाधिकारीहरु कार्यक्रममा उपस्थित थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend