logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सम्पदा संरक्षण गर्नु हामी सबैको दायित्व हो ः राष्ट्रपति पौडेल


  • जन आकाश
  • सोमबार, बैशाख ३ २०८१

काठमाडौं– विश्वसम्पाद दिवसको अवसरमा राष्ट्रिपति रामचन्द्र पौडेल सोमबार तनहु जिल्लामा रहेको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र ऐतिहासिक तनहुँसुर दरबार परिसरमा भूकम्पपछि पुनर्निर्माण गरिएको खड्गदेवी मन्दिरको उद्घाटन गरेका छन् ।



उक्त समारोहमा रामचन्द्र पौडेलले एतिहासिक पृष्ठभूमि बोकेका सम्पदाको संरक्षण र प्रवर्द्धन गर्न हामी सबैको दायित्व भएको बताएका छन् विश्व सम्पदा दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताए । उनले भने, ‘यसको लागि पहिलो सर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिवद्धतालाई साकार रूप दिन अनिवार्य छ ।’

तनहुँसुर इतिहासै इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरू र स्मारकहरू लुकेर रहेको चर्चा गर्दै उनले तिनको खोजी गर्नु, संरक्षण गर्नु र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको बताए । यस्तै राष्ट्रपति पौडेलले म्याग्दे गाउँपालिकाको प्रशासकीय भवन पनि उद्घाटन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend