logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

उर्मिला कोइरालाको चौंथो कृति ‘घाममाथि घामकै किरण’ विमोचन


  • जन आकाश
  • बिहिबार, बैशाख ६ २०८१

जयराम बिडारी



भक्तपुर । नेपाली साहित्यको क्षेत्रमा ‘प्रतिनिधि नेपाली गजल सङ्ग्रह’ ‘दिलको गजुर’ गीति सङ्ग्रह तथा हैसियत गजल सङ्ग्रह प्रकाशित गरिसकेकी चर्चित साहित्यकार उर्मिला कोइरालाको चौंथो कविता सङ्ग्रह ‘घाममाथि घामकै किरण’ एक भव्य कार्यक्रमका बीच विमोचन गरिएको छ ।

भक्तपुर कौशलटार स्थित रिडर्स हवमा आयोजना गरिएको उक्त कार्यक्रम साहित्य पोस्टद्वारा आयोजित गरिएको थियो । उक्त कार्यक्रममा साहित्य पोष्टकी सदस्य तथा चर्चित कवि लेखक एवं समिक्षक अनिता कोइरालाको सभापतित्वमा तथा युवापुस्ताकी चर्चित समिक्षक लेखक एवं उपन्यासकार पद्मकन्या क्याम्पस नेपाली विभाग प्रमुख डा.अम्बिका अर्यालको समालोचकीय भूमिकामा नेपाली साहित्यिक क्षेत्रका प्रख्यात थुप्रै साहित्यकारहरुको उपस्थितिबीच सो कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

विमोचन कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेकी चर्चित कवि,लेखक,समिक्षक डा.अम्बिका अर्यालले साहित्यिक क्षेत्रमा लैंगिक बहश भन्दा पनि स्तरीयता र गुणात्मक योगदान प्रमुख कुरा हुने बताउँदै कवि उर्मिला कोइरालाको साहित्यिक सक्रियता आसालाग्दो मात्र नभएर लोभलाग्दो रहेको बताइन् ।

लेखनकर्ममा समर्पित नारी हस्ताक्षरको सङ्घर्षको गाथालाई कार्यक्रममा उल्लेख्य रुपमा उपस्थित भएका महिला सहभागिताले समेत पुष्टि गरेको भन्दै मानवतावादको जगमा लेखिने साहित्य अझै सुन्दर हुने धारणा राख्दै कविताले युगको आवाज बोल्नुपर्ने अनि समाजलाई दिशानिर्देश गर्नुपर्ने कुरा बताउँदै कवि कोइराला त्यसमा खरो उत्रिएकोले

]आगामी दिनमा उनको योगदान अझै सशक्त रुपमा देखिने भन्दै कृति सफलताको कामना गरेकी छन् ।

क्त कार्यक्रममा कवि उर्मिला कोइरालाले प्रस्तुत कृति आजका दिनबाट सार्वजनिक सम्पत्तिको रुपमा समर्पित गरिएकोले पाठक,समिक्षक लगायत कार्यक्रमबाट प्राप्त सल्लाह सुझाव र प्रतिक्रियाले आफ्नो आगामी लेखनकर्मका लागि यथेष्ट उर्जा मिल्ने उल्लेख गर्दै कार्यक्रमका आयोजक प्रति आभार प्रकट गरिन्

सो कार्यक्रममा नियात्राकार, रञ्जु दाहाल, समाजसेवी, लेखक तथा प्राध्यापक सरस्वती चिमोरिया ,तथा साहित्यकार शोभा शरभले कवि उर्मिला कोइरालाको द्रुत रुपमा साहित्यिक उडानको कामना गर्दै सङ्ग्रहबाट एक(एक कविता बाचन गरेका थिए ।

उक्त कार्यक्रमकी सभापति अनिता कोइरालाले साहित्य पोष्टको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकाशन गरेको कविता सङ्ग्रह ‘’घाममाथि घामकै किरण ‘’ विमोचन कार्यक्रममा हाम्रो सार्वजनिक आमन्त्रण स्वीकार गरी टाढा टाढाबाट उपस्थित भएका सबै काव्यप्रेमीहरूमा आभार प्रकट गर्दै आगामी दिनमा पनि यस्तै सुन्दर कृतिहरुले क्रमश प्राथमिकता पाउँदै जाने विचार व्यक्त गरिन् । केशव थापाद्वारा कुशलता पूर्वक सञ्चालन गरिएको उक्त कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरिएको थियो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend