जन आकाश
oplus_2
रामेछाप । रामेछाप जिल्ला गोकुलगगा गाउपालिका वाडन १ गर्जाङमा स्थापित नेत्रवति कालिदेवि मन्दिर जिर्णोद्वार कार्याक्रम आज भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ।

झण्डै २०० बर्षा पुरानो मन्दिर गर्जाङको देविथान नामले चिनिदै आएको थियोे । तर भिरको मुनि पखामा रहेको हुनाले मन्दिरमा पुजा आज गर्न कठिन हुदै आएको थियो।
भक्तजनहरुलाइ सजिलो होस भनेर मन्दिर निर्माण गर्न स्थानीयहरुले नै सबैले स्वएच्छाले सहयोग गरि बनाउने निरणय अनुसार करिव ३ महिना अगाडी देखि काम शुरु गरिएको थियो।
त्यस समरचना बनाउन स्थानीय बिदेशमा रहेका युवाहरु, स्वदेशमा नै रहेका स्थानीयहरुको सहयोगवाट मन्दिरको समरचा तयार गरि मिति: २०८१ साल ९ गते पलिका अध्यक्ष काजि बहादुर खडकालाइ निम्त्याइ बाजागाजा सहित नयाँ सरचनाको उदघाटन गरेका हुन ।
कार्यक्रमलाइ नेपालीहरुको मौलिक परम्परा शैलिमा गर्जाङको गुम्बा क्षेत्रवाट नै पन्चे बाजा, कलस यात्रा, खैचडि नाच, धामि नाच सहित नेत्रवति कालिदेविको मन्दिर पुगेर रुद्री पुजा गरि देविलाइ पाति चढाइ, चरु होम गरि, प्रसाद वितरण गरेर मनाइएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका गाउपालिकाका अध्यक्ष काजि बहादुर खडकाले पालिकाले पनि झण्डै ३ लाख बराबरको सहयोग गरेको र आउदा दिनमा मन्दिरलाइ सकेको सहयोग गर्ने बचन दिएका थिए।

oplus_2
मन्दिर निरमाणमा रकम सहयोग गर्ने सहयोग दाताहरुलाइ, जग्गा दाताहरुको नाम मन्चवाट उचारन गरि खादा ओडाएर सम्मान गरिएको छ। त्यसै मन्दिर निर्माण व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रम समापन समारोहका अध्यक्ष ओम बहादुर वस्नेतले मन्दिर निर्माणमा सहयोग गर्ने, मन्दिर निर्माण सम्पन्न कार्यक्रममा आमन्त्रित, जग्गा दाता, सवैलाइ कार्याक्रम सम्पन्न बनाउन सहयोग गरेको भनि धन्यवाद दिएका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend