logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

शारदा माविको ७३ औ बार्शिकोत्सव सम्पन्न


  • जन आकाश
  • सोमबार, बैशाख १० २०८१

रामेछाप  । रामेछापकै पहिलो औपचारिक पाठशालाको रुपमा स्थापना भएको ठोसेस्थित शारादा माविले ७३ औ बार्शिकोत्सव आज सप्पन्न गरेको छ।



शारदा मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिराज कार्कीको सभापतित्वमा, गोकुलगगा गाउपालिकाका अध्यक्ष काजि बहादुर खड्काको प्रमुख आतिथ्यमा, गोकुलगगा गाउपालिकाका वडा अध्यक्षहरु जिरि नगर्पालिकाका वाडन ३ का वडा अध्यक्ष खेटराज घिमिरे लगायतको विशेष  अतिथि,  गोकुलगगा गाउपालिकाका वाडन २ का विभिन्न सघ/ सस्थाहरुका प्रतिनिधिहरु, अभिभावक, विद्यार्थी शिक्षक, सिक्षिका लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम भएको हो।

कार्यक्रममा स्वागत मन्तव्य शारदा माविकी सिक्षिका इस्वरि बस्नेतले ७३ औ बार्शिकोत्सवमा आमन्त्रितहरुलाइ स्वागत गरेकि थिइन । शुभकामना मन्त्व्य राख्नेहरु पुर्व प्रधानध्यापक श्यामलाल प्रधान , शारदा माविका बेटि अक्षयकोषका सस्थापक प्रेमलाल प्रधान,  गोकुलगगा गाउपालिका वाडन २ का वडा अध्यक्ष सुन्दर कुमार कार्की, जिरी नगरपालिका वाडन ३ का वडा अध्यक्ष खेट प्रसाद घिमिरे, गोकुल गगा मावि रस्नालुका प्र. अ. तथा सिक्षक सघका अध्यक्ष आनन्द बहादुर कार्कि,पन्चकन्या अधारभुत विद्यालयका प्रधानध्यापक शकर बस्नेत, शारदा माविका अभिभावक सघका अध्यक्ष डबल बहादुर श्रेष्ठ लगायतले धारणा राखेका हुन।

कार्यक्रममा शारदा माविका प्रधानध्यापक भुपेन्द्र केसिले विद्यालयको बार्शिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि समेत रहेका गोकुलगगा गाउपालिका अध्यक्ष काजि बहादुर खडकाले परिवर्तन गर्न पहिला राजनीतिक पार्टीका नेतृत्व, विद्यालयका शिक्षक, विद्यार्थीका अभिभावक, आम नागरिक पनि सुध्रिनु पर्ने बताएका छन् । खडकाले थप्दै भने जतापनि अविस्वास, निरासा निरासा मात्रै बढेर गएको प्रति गम्भिर हुन आग्रह गरेकाछन।

सोहि अवसर पारेर रास्टिय बाणिज्य बैकले सामाजिक उत्तर दाइत्व अन्तरगत  ५०३ जना छात्राछात्रलाइ स्कुल ब्याग वितरण गरेको थियो। ब्याग वितरण गर्न रास्टिय बाणिज्य बैक ठोसे शाखाका प्रबन्धक नारायण कुमार नेपाली। स्टापद्वय रिता बराइलि, विवेक शाहको उपस्थिति रहेको थियो।

सोहि अवसरमा बर्षाभरि माविमा कार्यरत उत्कृष्ट शिक्षक, सिक्षिका विद्यार्थीहरुलाइ पुरुस्कार तथा सम्मान पत्रले सम्मानित गरिएको थियो।

त्यसैगरी शारदा माविमा अध्ययनरत कन्चन बस्नेतले जिल्लास्तरीय म्याराथनको १०० राउडमा प्रथम स्थान हाशिल गरि पदक जितेको भनि पुरुस्कार तथा सम्मान पत्रले सम्मानित गरिएको छ। कन्चन बस्नेतलाइ ठोसेका वडा अध्यक्ष सुन्दर कुमार कार्की, र जिरि नगरपालिकाका खेटराज घिमिरेले  एक एक हजार सहयोग ब्यात्तिगत रुपमा प्रदान गरेका थिए।

विद्यालयमा बर्शभरि धेर हाजिर हुने विद्यार्थीहरुलाइ समेत प्रोत्साहन पुरुस्कार दिइएको थियो।

कार्यक्रमलाइ आकर्षण बनाउन  बीच बीचमा विद्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा अभिभावक सघका अध्यक्ष  डबल बहादुर श्रेष्ठले विद्यालयमा आर्थिक कारोवार हुदा समितिहरुमा छलफल नभएको पार्दर्शिता नभएको जस्ता आरोप लगाएका थिए।

कार्यक्रमको सभापति समेत गरेका शारदा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  मनिराज कार्कीले विद्यालयका वारेमा कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ दिएका थिए। कार्याक्रम शान्तिपुर्ण सम्पन्न भएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend