logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

एजिङ्ग लाईफ केयरको कानुनी सल्लाहकारमा अधिवक्ता बिष्णु गिरी


  • जन आकाश
  • सोमबार, बैशाख १७ २०८१

काठमाडौ– ज्येष्ठ नागरिक आवास तथा दिवा स्यहार तथा ज्येष्ठ नागरिकहरूको हेरचाहका लामो सयमदेखि सञ्चालनमा आएको एजिङ लाईफ केयर होमको कानुनी सल्लाहकारमा अधिबक्ता बिष्णु गिरी नियुक्त भएका छन् । अधिबक्ता गिरिको लामो समयदेखी कानुनी क्षेत्रमा राम्रो अनुभव रहेको छ । गिरि बिगत केही बर्षदेखी एलबी ल फर्महरुमा सकृय रहेर कानुनी क्षेत्रमा काम गरिरहेका छन् । उमेर बढ्दै जादाँ विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्न प्रर्ने लगायत विभिन्न औषधिको साईड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महसुस हुने, विभिन्न प्रकारका तनाव र उदासिनताको भएका बुद्धाहरुको केयरको लागि खोलिएको संस्था हो एजिङ्ग लाईफ केयर । काठमाडौको सुकेधारमा सञ्चालनमा रहेको एजिङ्ग लाईफ केयरमा अहिले दूई दजन बढी बृद्ध बुद्धारहेका छन जसको सञ्चालन राजेन्द्र सिंह नेगीले गरेका छन् ।



खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवक्त्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गरेका छन् । पछिल्लो समय उनले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन गराउन अन्तरिम आदेश लगायत नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् । उनले गरेको पछिल्लो न्यायीक लडाईप्रति सामाजिक संजाल र आमसंचार माध्यमको नजरमा परेका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि रहेको छ । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरी शूरुमा कुनैपनि मुद्धा नआएपछि निरास जस्तै बनेर बरिष्ठ अधिवत्ताहरुको झोला बोक्न पनि खोजेका थिए तर त्यो पनि उनले नपाएपछि सार्वजनिक महत्वका बिषयलाई उठान गरर न्यायिक लडाईमा उनी अधि बढे र मुद्धा पनि जित्तै गए र पछि उनको चर्चा पनि बढ्दै गयो अहिले उनको ल फर्ममा प्रयाप्त मुद्धाहरु छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend