logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

वैदेशिक लगानी ल्याउन नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनी बीच सम्झौता सम्पन्न


  • जन आकाश
  • सोमबार, बैशाख १७ २०८१

काठमाडौं– नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा।लि। र कोरियन कम्पनी एम।ए।वि।सि। इन्भेष्टमेन्ट ग्रुप प्रा। लि। बीच सम्झौता भएको छ । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत विष्णु पुकार श्रेष्ठको उपस्थितिमा भएको छ।
सम्झौतामा एम।ए।वि।सि। इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी ९माधव दवाडी०ले दस्तखत गरेका छन् ।
कोरियन कम्पनी एम।ए।वि।सि। इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसंग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ ।
 सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको नेक्सजेन म्यानेजमेन्टले प्रेस विज्ञप्ती गरी जानकारी गराएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend