जन आकाश
मोहन कार्की ।
यतिवेला देशभरी डढेलो लागेको छ । आकाश पुरै त्वालोले ढाकेको छ । डढेलोका कारण देशका कतिपय ठाउँहरुमा घर, गोठ समेत जलेर धन, पशुपछिको ज्यान गएको छ ।
विशेष गरेर यस्तो डढेलो पाहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रहरुमा लागेको देखिन्छ । जाहा खानेपानीको समेत अभाव भएको क्षेत्रमा डढेलो लग्दा निभाउनको लागि पानीको स्रोत नजिकै नहुने र वन एकैदिनमा खरानीमा परिणत भईरहेका देखिन्छन् । कतिपय पानीका स्रोत भएकै क्षेत्रमा पनि डढेलो लागेका देखिन्छन् । ति क्षेत्रमा मानिसहरुको वसोवास कम भएका र डढेलो निभाउन उपकरण प¥याप्त नहुदा डढेलो नियन्त्रण गर्न सकिराखेको देखिदैन ।
स्थानीय निकायको चासो देखियन
अहिलेका स्थानीय निकायहरुमा भित्र पर्ने वन जङगल जोगाउने नीति, डढेलो लाग्दा अपनाउनु पर्ने सावधानी सावधानी अपनाउदा अपनाउदै पनि डढेलो लागेमा के गर्ने, डढेलो लागेर जङगल मासिदा प्राकृतिक वन्य जन्तुको लगायत विशेष गरेर घिस्रने प्रजातिका विविध प्राकृतिक जीवहरु नष्ट हुने त्यसले प्राकृतिक वातावरणमा असर गर्ने र मानव जीवनमा समेत असर पर्न जान्छ भन्ने जस्ता विषयमा चेतना फैलाउन स्थानीय निकायले वन सम्बन्धि चासो चिन्ता कतै गरेको पाइएन ।
यता वन मन्त्रालय अन्र्तगत रहेका बिभाग, डिभिजन कार्यलयहरुले वनका शाखाहरु देशैभरी राखेको भएपनि वन मातहतका कार्यलयले सुख्खा मौषम चैत्र, वैशाख, जेठ जस्ता महिना लाग्नु अगावै आगलागी डढेलो सम्बन्धि योजना बनाएर तयारी अवस्थामा काम गरी त्यहीका स्थानीयलाई जागरुक गराउन स्थानीयहरुसँग समन्वय गरेको पाइएको छैन । प्र¥यास कतै कतै भएका देखिन्छन् । प्रभावकारी देखिदैनन् ।
यसरी वन जोगाउने प्रष्ट नीति नहुदा नेपालका वनहरु प्रत्येक बर्ष डढेलोले एकपछि अर्को गर्दै जलेर नष्ट हुन थालेका छन् । विश्वमा ७०० महत्वपूर्ण जडिबुटी पाईन्छ त्यसमध्य ४०० महत्वपुर्ण जडिबुटी नेपालका वन जङगलमा पाईन्छ भनिएको छ । तर यस्तो महत्वपूर्ण जडिबुटी पाईने नेपालका वन जङगल दिनैदिनै खरानीमा परिणत भईरहेका छन् ।
यस्ता महत्वपूर्ण जडिबुटी पाईने वन जङगल जोगाउन सवैको उत्तिक्कै दाईत्व हुनुपर्ने हो । तर देशभरी डढेलो लाग्दा निभाउन वा वन जङगल जोगाउन किन कतैवाट पहल भईराखेको छैन ? प्रत्येक बर्ष किन डढेलो लाग्छ ? डढेलो नियन्त्रण गर्न स्थानीय, सम्बन्धित निकाय किन मुक दर्शक बन्छन् ? कतै यो डढेलो लगाउने कुनै नियोजित तरिका त बनिराखेको छैन । आजको खोजिको विषय बन्न थालिसकेको छ ।
प्रकृतिले समेत ठग्यो
विगत बर्षहरुमा यसरी देशैभरी डढेलो लागेको वेलामा आकाशवाट पानी परेर भएपनि डढेलो लाग्नवाट वन जङगलहरु जोगिदै आएका थिए । तर यो बर्ष खडेरी परेर पानी नपर्दा पानीका स्रोत नभएका वन जङगलहरुमा हप्तौदेखि जङगल बलिराखेका छन् ।
अर्कोतर्फ मक्कै बाली पानी नपरेर सुकेर जान थालेको छ । समस्या पनि थपिएको थपिएै छ । यस्ता समस्यासँग जुद्धन नेपालमा सरकार छ भन्ने गरी नेपाल सरकारले मातहतका निकायलाई एक्शन गरी काम लगाउनु प¥यो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend