logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

चट्याङ लागेर एक जनाको मृत्यु


  • जन आकाश
  • बुधबार, बैशाख २६ २०८१

काठमाडौं । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।



जिल्लाको सुस्ता गाउँपालिका-५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेको प्रहरी निरीक्षक श्यामप्रकाश यादवले बताए । गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको हो । उनका दुई छोरा र एक छोरी छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend