logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

कालिका खबरको दशौं वार्षिकउत्सव सम्पन्न


  • जन आकाश
  • बिहिबार, बैशाख २७ २०८१

काठमाडौं– कालिका खबरको दशौं वार्षिकउत्सव कार्यक्रम कालिका खबरका प्रकाशक तथा सम्पादक राजकुमार सिलवालको अध्यक्षतामा पर्यटन बोर्डको हलमा सम्पन्न भएको छ । स्मारिका विमोचन गर्दै १७ जना लेखकहरुलाई लेखकीय सम्मान गरिएको थियो । कार्यक्रममा पुर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यता तथा पर्यटन बोर्डका कार्यकारी उपाध्यक्ष कमल सापकोटा, लम्की चुहा नगरपालिकाका मेयर सुशीला शाही र सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।



कार्यक्रममा प्रमुख अतिथि नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधबार कालिका खबरको दशौ वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रमबिच उनले बताएका हुन् ।

अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको र नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताएका थिए । उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए । उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रूपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई सरकारी अरू निकायहरू राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रूपमा विकास गर्न जरुरी रहेको बताए । गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend