logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र


  • जन आकाश
  • आइतबार, बैशाख ३० २०८१

काठमाडौं– युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।



प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।

चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।

आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए ।

त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।

युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् ।

जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ । यसपछि फिनल्याण्डको राजधानी हेलसिन्कीमा जेठ ५ र ६ गते उनको एकल चित्रकला प्रदर्शनी हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend