logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बयोबृद्ध समाजसेवी नारायण बानियाँको सुक्ष्म जीवनी 


  • जन आकाश
  • सोमबार, बैशाख ३१ २०८१



तेज प्रकाश बानियाँ
पूर्व साहायक रथिको कलमवाट

१. नारायण बानियाँको जन्म वि. संं १९९२ साल बैशाख १२ गते हालको ठेगाना अनुसार पाँचखाल न. पा. वडा नं ५ भमरकोट अल्छे ढुङ्गा भत्रे ठाउँमा भएको हो । बाबु बलबहादुर बानियाँ र आमा चित्रकुमारी बानियाँका जेष्ठ सुपुत्रको रूपमा जन्मनु भएका उहाँको बाल्यकाल माता पिताकासाथ घरमा बित्यो । बाबुले श्रीमती मृत्यु पछि वाद्यतावस अर्को बिबाह गर्दै जादा पाँच बिबाह गर्नु भएछ । यी पाँच श्रीमती मध्ये जेठी श्रमतीबाट बाल–बच्चा नभई मृत्यु भएको, दोश्रोबाट छोरी एक जन्म भएको । तेश्रोबाट जेठो छोरा एक, चौथोबाट माहिलो, साइलो र काइलो छोराको, तत्पस्चात चौथो श्रीमतीको देहान्त भएकोले पछि पाँचौंं बिबाह पस्चात कान्छा छोराको जन्म भएको हुदा, समग्रमा पाँच छोराहरू मध्ये नाराय माहिलो छोेरा हुनुहुन्छ ।

२. आमाको काखमा बस्न पाउने छोराहरूमा उहाँ भाग्यमानी हुनुहुन्छ । पाँच जना मध्ये उहाँको आमालेमात्र तीनगोटा छोरा जन्माउन भ्याउनु भयो । तत्समयमा विद्यालयको व्यवस्था थिएन । नारायणले, बाह्रखरी घरैबाट सिकेर स्वअध्ययनबाट साधारण लेखपढ गर्न सक्ने हुनुभयो । उहाँ मेहनती, लगनसील, चलाकिलो र मृदुभाषी व्यक्तित्व हुनुहुन्छ । माइलो छोरा भए पनि, अगाडिको जेठो दाइको आमा स्वर्गे हुने बित्तिकै मामाघ र गइसक्नु भएकोले ९ वर्षको उमेरमा घरको जिम्मेवारी समाल्नेमा नारायण पर्नु भयो । उहाँ पछिका दुइभाइ आमाको देहान्त पछि मामाघर गए । त्यसपछि बाबुको पाँचौ बिबार्ह ुभयो । त्यतापट्टिबाट कान्छो भाइ जन्मियो । कान्छो भाइ चार वर्षको हुदा आमा स्वर्गे भएकोले कान्छालाइ पनि मामाघर पठाइयो ।

३. सानै उमेरदेखि सङ्घर्षसील जीवन जिउने व्यक्ति हो उहाँ । घरको जिम्मा, खेतबारी, गाउँबेसी, बस्तुभाउ, बुढाबाउ लगायतका सबै हेरबिचारको जिम्मा उहाँमा आयो । व्यबहारले छपक्कै छायो । पछि जेठोदाइ मामाघरबाट र्र्फिर्कएर अलिदिन घर बसी बिबाह पछि भित्र भएर जानु भयो । रहदा बस्दा नारायण, २०१२ सालमा काभ्रे जिल्ला, भुग्देउ निवासी तेजबहादुर थापाकी सुपुत्री सुश्री मिट्ठू थापाकासाथ बिबाह बन्धनमा बाधिनु भयो ।

४. कान्छो भाइ सानै थियो । उहाँ कान्छोलाई माया गर्नुहुन्थ्यो । भाइ–भाइ भित्र बस्दा माइलो र काइलो सँगै, साइलो र सानै भएकोले कान्छो, सँगैबसे । जेठो पहिले भित्र बसी सकेको । बाबु साइलो र कान्छोसँग बस्नु भयो । कान्छो भाइ आपूmसँग नबसे पनि उसलाई पढाउनेमा नारायणको सहयोग पनि छ । २०३४ सालमा नापी आएका बखत उहाँको व्यक्तिगत तर्पmबाट जोगी थुम्को नामको २० रोपनीको एक कित्ता जग्गा कान्छालाई भनेर नपाई दिनुभयो । यो नै भाइ प्रतिको अगाध स्नेहको नमूना हो । हुनत कान्छो भाइ भनेको मैं हुँ, मैले उक्त जग्गा हालसम्म थाम्न सकिन । २०३५ सालमा त्रिभुवन विश्वविद्यालय अन्तरगत पुलचोक क्याम्पसमा खुलेको पहिलो ५ वर्षै वि ई अध्ययनार्थ खुला प्रतियोगिता बाट नाम निस्किएकोले उक्त अध्ययनमा जादा परिवारको समेत देखभाल आपैंmले गर्नपर्ने भएकोले सोको लागि आवश्यक खर्च त्यसै नग्गा बिक्रीबाट बेहोरियो । यसरी त्रिभुवन विश्वविद्यालय बाट वि ई (सिभिल) उत्तीर्ण गरी नेपाली सेनामा प्रवेश गरेर सहायकरथी (ब्रिगेडियर जनरल) को पद बाट अवकाश प्राप्त गर्नुभयो ।

५. सामाजिक र धार्मिक सेवा तर्पmको कुरा गर्नुपर्दा नारायण केटाकेटी देखिनै स्वयम्सेवक बनेर काम गर्ने मानिस हो । समाज सेवामा अरूकोलागि भलाई हुने सानातिना काम त कति भए कति ? ती काम बाहेक हरेक महानवमी कादिन, कोटदेवीको मौलो पूजामा १४ वर्ष लगातार रागो मार हात्रे काम गर्नुभयो ।

अरू उल्लेख्य कामहरूः–
(१) आफ्नो पूजाकोठा मन्दिर भन्दा कम नदेखिने गरी सजाउनु भएको छ ।
(२) बानियाँ बन्धु समाजको बंशावली प्रकाशनमा आर्थिक सहयोग प्रदान ।
(३) कोटदेवी मन्दिर निर्माणमा उल्लेखनीय आर्थिक सहयोग प्रदान ।
(४) कामी डाँडा भत्रे ठाउँमा त्यसै परेको, सरकारी जग्गामा प्रवन्ध मिलाइ आर्थिक सहयोग सहित प्राइमरी विद्यालय स्थापना । सोही परिसरमा आफ्नो   र श्रीमती समेतको सहयोगबाट राधाकृष्ण मन्दिर स्थापना गर्नुभएको ।
(५) घर मुनी सानो नागथान र देवी मन्दिर बनाउनु भएको ।

६ .सरकारी सेवा –जेठो दाइ गोरख बहादुर पल्टनमा जागीरे भएकोले होला उहाँलाई पनि जागीर खान मन लागेछ । २०१४ सालमा सेनातर्फ   श्रीदेवीदत्त गणमा सैन्यमा भर्ना भएर तालिम शुरूभयो तर घर समस्याले गर्दा सैन्यको तालिम पूरा नगरी बीचैमा छोडेर घर फर्कनु भयो र पूर्ण रूपले घर समाल्नु भयो । कान्छो पनि ९/१० वर्षको भएर घर फर्कियो । थोरै जन शक्ति भएर पनि ब्यबहार धानिदै गयो । २०१९ सालमा जेठी छोरीको जन्म भयो । त्यसैसाल साही सिकारी फाँट राजदरवारमा सिकारी पदमा जागीरे हुनुभयो । सिकारीको कामचाहिँ बेलाबेलामा तित्रा, हास, च्याखुरा, हलेसा, कालिज, लुइँचे जे फेला परेको छ, ४/५ दिन, एकहप्ता कैलेकहीँ दस दिन, पालो के छ ? सो अनुसार राजदर्बारमा सिकार बुझाउज लैजानु प¥थ्यो ।

त्यतिखेर यातायातको ब्यबस्था थिएन । तरपनि त्यति छिटोछिटो काठमाडांै पैदल हिडेर पनि पुगीरहनु प¥थ्यो । कुनै दिन गाल नपारी तत्कालीन समयको सम्वेदनसील स्थान राजदरबारको सेवामा इमानदारी साथ २९ वर्ष सेवामा रही जमदार सम्म दर्जा प्राप्त गरी २०४८ सालमा पेन्सनमा अवकाश लिनुभयो । सेवाका समय ‘सरकारको सबारी सिकारमा हुँदा जुन विकाश क्षत्रमा भएपनि हरेक पटक सबारी साथमा जानुप¥थ्यो ।

७. परिवार सम्बन्धमा – २०१९ सालमा जेठी छोरीको जन्म पछि जागीरे भएर घर ब्यबहार धानेर ५ छोरा ४ छोरी सहितको परिवार, खेतीपाती सबैलाई आ–आफ्ना ठाउँमा ठीक हालतमा राख्नु भनेको पक्कै पनि चुनौती पूर्ण काम हो । उहाँको जेठो छोराले बुहारी र ४ जना नातिलाई छाडेर बैदेशिक रोजगारमा गएको तर ४२ वर्षको उमेरमा जर्मनमा स्वर्गे भए । हरेक काम कुराको निर्णय गर्दा समयको सारै ख्याल गर्नु हुने उहाँ हिम्मतदार, साहसी र आटिलो र धैर्यसील ब्यक्तित्व हुनुहुन्छ । साच्चै भत्रुपर्दा ९ जना बालबच्चालाई सकुसल हुर्काई बढाई पढाई गरी बिबाहादि कर्म गरी कुसल अविभावकको भूमिका निभाउन सफल हुनु भएकोमा, उहलाँई असल पिताको उपाधिले अलङ्कृत गर्न सकिन्छ ।

हाल उहाँ १ श्रीमती ४ छोरा, ६ बुहारी, ४ छोरी, नाति, नातिनी र पनाति पनातिनी गरी जम्मा ३५ जनाको अविभावकको रूपमा ९० वर्षको उमेरमा श्रीमतीका साथ पेन्सन खाएर तन्दुरुस्त जविनसँग खेल्दै हुनुहुन्छ । हामी सबै उहाँको स्वस्थ र दीर्घ जीवनको कामना गरौं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend