जन आकाश
माेहन कार्की
काठमाडौ । काठमाडौ उपत्यकामा व्यवसाय गर्ने व्यवसायीका समस्या विकराल बन्दै गईरहेको छ । कोभिड १९ पछाडी एकातिर व्यपार व्यवसाय ओरालो लागेको वेलामा उपत्यका भित्रका महानगरपालिका, नगरपालिकाका वडाहरुले व्यवसाय कर तिर्न जाने व्यवसायीहरुलाई नै घर बहाल कर तिराउने गर्ने गरेकाछन् । जुन कर घर जसको हो उसैले तिर्नुपर्ने नियम छ । व्यवसाय गर्नेले त व्यवसाय कर पो तिर्न जादा घर बहाल कर तिरेको रसिद पेश नगरेसम्म व्यवसाय कर तिर्न नमिल्ने भनेर वडाहरुले फार्काउने गरेको व्यवसायमा संलग्न व्यवसायीहरुले गुनासो गर्ने गरेकाछन् ।
नयाँ व्यवसाय गर्नको लागि फर्म दर्ता गर्न जादा पनि सोही वडामा घर बहाल कर तिर्नुपर्ने नियम लगाएका छन् । यस्तो समस्या स–सना व्यवासय गरेर गुजारा चलाउदै आएका साना लगानीका व्यवसायीलाई बढी असर परेको देखिन्छ । त्यसमा पनि विशेष गरेर महिला व्यवसायीहरुमा यसको असर धेरै रहेको देखिन्छ । उनिहरुमा करको ज्ञान नहुनु व्यवसायी गर्न चाहिने कागजात सवै आफैले तयार गर्न सक्ने क्षमता नभएका महिला व्यवसयीलाई धेरै असर परेको वडा कार्यलयहरुमा कर तिर्न गएका महिलाहरु भौतारिएको दृष्यले सहजै महिला व्यवसायी बढी यस्ता घर बहाल करको समस्यामा नबुझेर पनि तनावमा देखिन्छन् ।
महानगरपालिका, नगारपालिकाहरुले घर बहाल कर घरवेटीसँग लिईसकेको हुन्छ । यदि लिएको रहेनछ । घरवेटीले घर बहाल कर तिरको रहेनछ भने जसको घरमा व्यवसाय गरेको हो उसैको अनुगमन गरेर कर तिर्न घरवेटी स्वयमलाई तिर्न लगाउनुपर्ने हो । तर त्यस्तो नभएर सवै काम व्यवसाय सञ्चालन गर्ने फर्मले गर्नुपर्ने बाध्यताहरु छ । यसको अर्थ हो घरवेटीवाट पनि वडाले कर लिने र व्यवसाय गर्नेवाट पनि उही घरको कर उठाउने वडा कार्यलयहरुले दोहोरो कर उठाएको भान हुने कार्यहरु उपत्यकामा भईहरेकाछन् ।
यस्ता दोहोर कर उठाएको हो । वा घर बहाल कर तिर्नुपर्ने घरवेटीलाई नतिराएर व्यसायीलाई तिराउदा दोहोरो कर लिएको जस्तो देखिएको हो । यस्ता समस्यालार्ई तुरुन्तै सत्य तथ्य बुझेर व्यवसायीमैत्री बनाउनको लागि सम्बन्धित निकायले ध्यान पुगोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend