जन आकाश
काठमाडौं– भिजिट भिसामा कुवेत पु¥याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा दैलेखको नारायण नगरपालिका–९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखाको पालुङटार–८ घर भई हाल टोखा नगरपालिका–६ बस्ने आयुष भन्ने २५ वर्षीय आकाश बाबु विक लाई प्रहरिले पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीले गोपाल र आयुषलाई बौद्धबाट पक्राउ परेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी प्रलोभनमा पारेर कुवेत पु¥याई मानव बेचविखन गरेको प्रहरीको आरोप छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend