जन आकाश
काठमाडौ । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्राप्तिका लागि गत २०८० चैत्र १४ गते सरकारसँग भएको सम्झौता कार्यान्वयनको माग राखी अनशनरत दीपक भण्डारीको नेतृत्वमा शान्ति बाटिका, रत्नपार्कमा जारी अपाङ्गता भएका व्यक्तिहरूको समूहको शान्तिपूर्ण आन्दोलन साथै भण्डारीको जीवन रक्षामा सुसेलि मन्च नेपाल ले ऐक्यबद्धता जनाएको छ ।
यसै संस्थाका केन्द्रीय महासचिव एवम् गौरि पब्लिकेसन्सका अध्यक्ष दामोदर ढकाल ‘दीपक’द्वारा कार्यक्रमको
औचित्यमाथि केही प्रकाश पार्दै उनैले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा यस आन्दोलनको नेतृत्व गरिरहेका अपाङ्गता भएका व्यक्ति निडर एवम् स्पष्ट वक्ता भण्डारीले यसभन्दा अघि पटकपटक सरकारसँग माग गरेको र सुनुवाइ नभएपछि धर्ना पनि पटकपटक बसिसकेको तर कुनै सुनुवाइ
नभएपछि पछिल्लो पटक गत चैत्र ०६ गतेदेखि पुनः धर्ना बस्दाकै क्रममा गत चैत्र १४ गते सरकारसँग यही २०८१ वैशाख ०१ गतेदेखि लागू हुने गरी मन्त्रालयसँग अपाङ्गता सम्बन्धी केही जायज माग कार्यान्वयन गर्ने भनी सम्झौता भएको थियो।
तर यस पटक पनि उक्त सम्झौता कार्यान्वयन
नभएर कागजमै सीमित रहन पुगेकाले फेरि अनशन बस्नु परेको बाध्यतात्मक अवस्था आइलागेको बताएका थिए ।
राष्ट्रिय सुसेली मञ्च, नेपालका केन्द्रीय सल्लाहकार चन्द्रा न्यौपानेको संयोजकत्वमा दर्जनभन्दा बढी अपाङ्गता
भएका व्यक्तिहरू र परिवारका सदस्यहरू साथै केही सहयोगीहरूको समूहका बीचमा आयोजित त्यस कार्यक्रममा न्यौपानेले सरकारको अकर्मण्यताका कारण अपाङ्गता
भएका व्यक्तिहरू थप पीडित हुनु परेको अवस्था रहेको छ। यसप्रति केन्द्रीय अपाङ्गता महासंघको समेत खासै सहयोग नभएकाले माग पूरा हुन सकेको छैन।
यसप्रति महासंघ र सरकारको ध्यान छिट्टै जाओस् भन्ने
छोटो मन्तव्यका साथमा एक्यबद्धता
जनाउँदै यसैसँग सम्बन्धित केही सुसेली
गायन गाएकि थिइन।
मञ्चका केन्द्रीय उपाध्यक्ष सुशीला ढकाल अधिकारी,केन्द्रीय सदस्य सुचिता काफ्ले, सदस्यहरू द्वारिका कुईंकेल, सानु शर्मा, सुस्मीरा अर्याल, पार्वती घिमिरे पौडेल, सफलता न्यौपाने, सत्यनारायण ढकाल, एलिना उप्रेती, लक्ष्मी बस्नेत, सरला ओझाले यसैसँग सम्बन्धित सुसेली गायन गायका थिय।
कार्यक्रममा सभ्यता न्यौपाने, महेश पौडेल लगायत दुई दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो।
अन्त्यमा संस्थाका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद अधिकारी ‘भमरकोटे’ ले हरेक अपाङ्गता भएका व्यक्तिहरूलाई संविधानमा उल्लेख गरिएका अधिकार र यसअघि सम्झौतामा उल्लेख गरिएका प्रतिबद्धता सरकारले बेवास्ता गरिरहेको छ । सायद हाम्रो सरकार कान नसुन्ने कानो, आँखा नदेख्ने बहिरो वा आफैंमा अशक्तता र अपाङ्गता भएरै केही नगरी रहेको हुनसक्छ भन्दै कमसेकम आफूले बोलेका कुराहरू त पूरा गरिदिन केले रोक्यो र यस किसिमको हेलचेक्र्याइँ र लापरबाहीले अनशन बसिरहेका वा अरू कुनै अपाङ्गता भएका कसैको ज्यान गएमा जिम्मेवार को भन्ने प्रश्न गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको समर्थनमा रचित दुई दर्जन सुसेली गायन पश्चात यस आन्दोलनप्रति व्यक्तिगत एवम् संस्थाको तर्फबाट ऐक्यबद्धता जनाउँदै कार्यक्रमको समापन गरेका थिय ।
कार्यक्रम स्थलबाट बाहिरिनु अघि उपस्थित सुसेली मञ्चका पदाधिकारीहरू तथा सुसेली सर्जक गायकहरूले केही रकम जम्मा गरी अनशनरत अपांगहरुलाइ हस्तान्तरण गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend