जन आकाश
नबिन न्यौपाने
देश आखिर भ्रष्टाचारिको नै त रहेछ नि बाबा
हामी किसानहरुको त हलो जुवा छदै छनी है
कानुन आखिर बलात्कारिको नै रहेछ नि बैनी
हामी गरिबहरुको त रेटिने घाँटी छदै छनी है
बाटो पनि आखिर छिमेकी कै रहेछ नि बाबा
हामी निमुखाको जमिन पनि खोलाले बगायो
नदीमा बग्ने पानी पनि ठुलाबडा कै रहेछ बाबा
हामी अछुतहरुको त कुवा नै खडेरिले सुकायो
उब्जाउ भुमिपनी छिमेकिले खोसेर लग्यो साथी
रुखो भिर पाखा पहरा मात्रै हाम्रो सम्पती रहेछ
मेरो बारिको सुनखानी पनि छिमेकिकै रहेछ
मैले रोक्न खोज्दा खोसेर जमिन बार लगाईदियो
मेरो सानो छानो पनि छिमेकिले आँखा लगाउदैछ
हुनत मेरो कुटिको रक्षक मैले नै भत्काउन चाहेछु
मेरो आफ्नैले पनि मेरो कुटी बचाउन चाहादैनन्
त्यसैले आज ढोकाको चाबी छिमेकीको हातमा छ
मेरा सबै जाहान पनि कस्ता महान होईन र बाबा
आफ्नै घर भित्र लुटेर आफ्नै ज्यान बढाउछन्
छिमेकी त झन महान छन नि होईन र बाबा
खुदो आफै खान खोज्छन् हाम्रै रानो नचाउँछन
म बनाउछु घर भन्द्दै धेरै ठेकेदार आउछन साथी
लगाउदै सीप बनायको मजबुत दिवार भत्काउछन्
छैन कसैको आफू भयपछी आश भरोसा भन्छन्
अर्को पीडा के खाचो छिमेकी आफ्नै दुनो सोझ्याउँछन्
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend