logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बुढानिलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ४ २०८१

oplus_2

मोहन कार्की ।



काठमाडौ । काठमाडौ जिल्ला  भित्र रहेका १० वटा नगरपालिका मध्य बुढानिलकण्ठ नगरपालिका पनि एक हो । यस नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ सालको बजेट नीति, योजना तथा बजेटको वारेमा सार्वजनिक कार्यक्रम राखि सुझाव सहितको सार्वजजिक सुनुवाई गरेको छ ।

नगरपालिकाको आफ्नै भवनको आगनमा कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा नगरपालिकाले गएको २०८०/८१ सालको बजेट कार्यप्रगतिको पनि समिक्षाआत्मक प्रस्तुति गरेको थियो । आउदो आर्थिक बर्षको लागि सम्भावित योजनाहरु सहित त्यसै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्यालले नगरपालिका भित्र भएका बिभिन्न क्षेत्रका जानकारी मुलक विवरण पढेर सुनाएका थिए ।कार्यक्रममा नगरपालिकाका १३ वटै वडा भित्रका सर्वसाधरण जनताका सुझाव, गुनासोहरु सर्वसाधरणवाट लिएको थियो ।

oplus_2

सुझाव राख्ने सर्वसाधरणहरु यस प्रकारछन् ।
प्रणय राणाले ट्राफिक समस्याको वारेमा रेष्टुरेण्ट, होटल व्यवसायीहरुले पार्किङ नभएको ठाउमा होटलहरु, रेष्टुरेण्टहरु सञ्चालन भएको भनेर आफ्नो धारणा राखेका थिय । सन्तोष भण्डारीले शिक्षकहरु नियुक्ति दिदा पार्टीगत हेरेको होकी आउदा दिनमा त्यस्तो भएको रहेछ भने सुधार गर्न सुझाव दिएका थिए । विजय कुमार महर्जनले विपत्त व्यवस्थापनाको बिषयमा आईपर्ने अपरझट घटना, सुरक्षा, उद्धारको नीति बनाई तयारी गर्न सुझाव दिएका थिए । माघव प्रसाद पौडेलले सस्कृति बिषयलाई पनि अन्य मातृभाषालाई जस्तै मान्यता दिन सुझाव राखेका थिए । डेण्डी शेर्पाले अपाङग तथा धेरै प्रकारका अपाङग हुने गरेको त्यस्ता बच्चाहरु स्कुलहरुले पनि भर्ना लिन नमान्ने हुदा अपाङ बालबालिकाको लागि छुट्टै स्कुल स्थापना गर्न सुझाव पेश गरेकाछन् । कुमार खत्रीले बुनपाको मातहतमा रहेको साझा भवनको सदुपयोग गर्न सुझाव दिएका थिए ।

सुशिला खतिवडाले कुनै बिषय विज्ञ विषयमा अध्ययन गर्ने नगरका विद्यार्थीको लागि के कस्तो व्यवस्था छ भनि प्रश्न गरेकी थिइन । कार्यक्रममा केही सर्वसाधरणले राजनीतिसँग जोडेर प्रश्न गरेका बिषयमा कार्यक्रम सहजीकरण गरिरहेका राधाकृष्ण भण्डारीले प्रश्न गर्दा जातिय, धार्मिक, राजनीतिक जोडेर प्रश्न नगर्न अनुरोध गरेका थिए ।

सार्वजानिक सुनुवाईमा किसानलाई बादरले कृषियोग्य बालीनाली सखाप पारेको देखि लिएर चोक चोकमा कुकुर आताङ नियन्त्रण गर्नुपर्ने सम्मका सुझावहरु आएका थिए । आषिश गुरागाईले नगारपालिका भित्रको एउटा मात्र बन्न लागेको हस्पिटलको जग्गा विवाद के हो त्यसको सावधान गर्न र सञ्चार क्षेत्रको ऐन नियमको बिषयमा प्रश्न राखेका थिए । ति सुझाव र प्रश्नहरुको उत्तर मेयर मिठारामा अधिकारी र उपमेयर अनिता लामा ले पालैपालो सर्वसाधरणको उत्तर दिएका थिए ।

मेयरले विपत्त व्यवस्थापनको लागि रेडक्रस सोसाइटी लगायत नेपाल सरकारले उपलब्ध गराएको टे«निङ अनुभव नगरपालिकाले लिएको र आउदा दिनमा थप प्रगति के गर्न सकिन्छ प्र¥यास गर्ने । अर्को स्वास्थ्य वीमा फ्री हुनुपर्छ भन्ने सुझावमा मेयर उपमेयर दुवैले आफ्नो दाईत्व नभएको सेवामा नागरिकहरुको माया नहुदो रहेछ त्यसैले न्यूनतम् स्वास्थ्य वीमा गर्नुपर्छ जसले काठमाडौमा ३५०० वीमा तिरिएको पैशा याहा सधै खर्च हुन्छ भन्ने छैन । तर दुर दराजमा रहेका राष्ट्रिय वीमासँग जोडिएका नेपालको अर्को ठाउको मानिसलाई उपचार गर्न एकलाँख सुविधा पाउछ सामुहिक हितका लागि स्वास्थ्य वीमा रकम निशुल्क गर्न नसकिने तर असक्त, अपाङ, ६० बर्ष उमेर कटेका उमेर समूहलाई निशुल्क सेवा दिन्छौ । भन्दै उत्तर दिएका थिए ।

सञ्चार ऐन बनेको वारेमा चै नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले आषिश गुरागाईको उत्तर दिएका थिए ।
मुआब्जा विषयमा उठेका प्रश्नमा मेयरले नगरपालिका भित्र बाटो विस्तार गर्न कुनैपनि जग्गाको मुअब्जा दिन नसक्ने तर बाटो ठूलो बनाउन स्थानीयकै पहलमा वाल भत्काउनु परयो, डोजर चाहियो भने आफुले सहयोग गर्ने बताए । उत्तर दिने क्रममा मेयरले नगरभित्रका ५ कक्षा सम्म संघीय सरकारले दिने दिवा खाजा भन्दा बाहिर ५ कक्षा देखि माथिका दैनिक १०००० विद्यार्थीलाई दिवा खाजा ख्वाईरहेको पनि जानकारी दिएका थिए ।

अर्को एक प्रसंगमा २ बर्ष नगरपालिका भित्र काम गरेका कर्मचारीहरुलाई वडा वडामा पठाउने र ५ बर्ष काम गरिसकेकाहरुलाई अन्यत्र सरुवा समेत गर्ने नीति नगरपालिको भएको मेयर मिठारामले सार्वजनिकस्थलमा नै प्रश्नको उत्तर दिने क्रममा बताएका थिए ।

स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन नेपालको संविधान २०७२ मा नै व्यवस्था भएपछि ७५३ वटा स्थानीय सरकार छन् । ति स्थानीय सरकारहरुले छिटो छरितो तरिकाले काम गर्न पाउन भनेर ल्याइएको व्यवस्था हो । तर कतिपय ठाउँहरुमा सोचेभन्दा पनि धेरै प्रगति भएका छन् । कतिपय ठाउँमा नेतृत्व सक्षम नहुदा सोचेजस्तो प्रगति हुन सकेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend