logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जे पि प्रतिष्ठान लप्सिफेदीमा मनाइयो २५६८ औं बुद्ध जयन्ती


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ११ २०८१

जयरम बिडारी ।



काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६८ औँ जन्म जयन्ती,बुद्त्व (ज्ञान) प्राप्ति, तथा महापरिनिर्वाण जस्ता त्रिसंयोग दिवस तथा धम्मवती वीरता महोत्सवको पावन अवसरमा बिहीबार एक भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

लप्सीफेदीस्थित मैत्रीसेवाश्रममा आयोजित एक विशेष कार्यक्रममा सम्यक सन्देशले धम्मवती वीरता महोत्सवको रुपमा समेत संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रमको संयोजन बुद्ध धर्म उपासक श्यामलाल चित्रकारद्वारा गरिएको थियो ।

उक्त कार्यक्रम जे. पि. प्रतिष्ठान मैत्रीसेवाश्रमकी अध्यक्ष शकुन्तला दाहाल को सापतित्वमा शंकरापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुनाबहादुर तामाङको प्रमुख आतिथ्य एवं सुवर्ण क्षेत्रपुर बिहार लुभुका प्रमुख भन्ते अभिबङ्सोको विशेष आतिथ्य, धर्मकिर्ति बिहारकी जवनवति गुरुमाँ, सुचिता गुरुमाँ, सम्यक सन्देशका अध्यक्ष दीपक भेटुवाल, श्यामलाल चित्रकार, साबित्री सिंह चित्रकार कवि, उपन्यासकार तथा अधिवक्ता गङ्गाप्रसाद भेटवालको आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

प्रमुख अतिथिका रुपमा बोल्दै शंकरापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुनाबहादुर तामाङले भगवान बुद्धको त्याग, तपस्या आदर्श र मार्गदर्शनलाई मनन र पालना गर्न सकेमा जीवनमा शान्ति र सकारात्मक परिवर्तन ल्याउन सकिने विचार व्यक्त गरेका थिए । सो अवसरमा श्यामलाल चित्रकारद्वारा अभ्यागतहरुलाई कार्यक्रमा स्वागत गर्दै बुद्धको पञ्चशिलको सिद्धान्त पालन गरी वहाँको उपदेशलाई अनुसरण गर्न सकेमा बुद्ध प्रतिको सच्चा भक्तिभाव र सार्थक जीवन बाँच्न सहज हुने धारणा व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा रहेका सुवर्ण क्षेत्रपुर बिहार लुभुका प्रमुख भन्ते अभिबङ्सोले धर्म देशना गर्दै भगवान गौतम बुद्धको जीवन चरित्रका बारेमा प्रकाश पारेका थिए । उनले विश्वशान्ति र मानव कल्याणका लागि २५ सय वर्ष अघि प्रतिपादित गरिएको बुद्धको उपदेश आज पनि उत्तिकै महत्वपूर्ण रहेको बताए । जीवनको अन्त्यमा सवै कुरा यहि संसारमै छाडेर जानुपर्ने कटु यथार्थता रहेतापनि अशल र खराव कर्मको कमाई भने साथै जाने भएकोले बुद्धको पञ्चशिलको सिद्धांत पूर्ण परिपालनबाट जीवन धन्य हुने उल्लेख गर्दै सत्मार्गमा लाग्न सवैलाइ प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका थिए ।

सो अवसरमा कवि पत्रकार,उपन्यासकार तथा अधिवक्ता गङ्गाप्रसाद भेटवालले ज्ञान, बिज्ञान तथा गुरु,शिष्यका विषयमा रोचक दृष्टान्त प्रस्तुत गर्दै उमेरका कारण होइन ज्ञान र विवेकका आधारमा मानिसमा परिपक्वता प्रकट हुने धारणा व्यक्त गरे । सिस्टर निर्मलाबाट धम्मवती गुरुमाँ कसरी थेरबादी बुद्ध दर्शनको विश्व जगतमा एक असाधारण र प्रभावशाली व्यक्तित्वको रुपमा प्रसिद्धिको शिखरमा पुग्न सफल भइन भन्ने विषयमा प्रकाश पार्दै मानवको रुपमा जन्मिएर पनि दया,माया,करुणा, भातृत्व र विश्व शान्तिको सन्देश दिन सफल भगवान गौतम बुद्धका विषयमा समेत प्रकाश पारेका थिए । सो अवसरमा धर्मकिर्ती बिहारकी जवनवती गुरुमाँद्वारा सासनधज धम्माचरीय अग्गमहागन्थवाचक पण्डित धम्मवती गुरुमाँद्वारा प्रेषित आशिर्वचन तथा शुभकामना सन्देश वाचन गरी सुनाइएको थियो ।
उक्त कार्यक्रममा समानान्तर बौद्ध पत्रिका सम्यक सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले समाजमा विशिष्ट योगदान दिनुहुने लब्धप्रतिष्ठित व्यक्तित्वहरुको जीवनकालमा तीनका योगदानको आधारमा संस्थाले सम्मानित गर्दै आएको बताउंदै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका जे. पि. प्रतिष्ठान मैत्रीसेवाश्रमका संस्थापक अध्यक्ष मित्रसेन दाहाललाई सम्मान गर्ने अवसर जुट्न नसकेकोमा खिन्नता व्यक्त गर्दै आगामी दिनमा सहकार्य गर्दै अघि बढ्नुपर्ने कुरामा जोड दिएका थिए । सो अवरमा केशव चित्रकार तथा साबित्री सिंह चित्रकारले आ–आफना धारणा राखेका थिए । सोही अवसरमा संस्थाका कोषाध्यक्ष तेजप्रसाद धमलाले संस्थापक अध्यक्ष दाहालको जीवनी तथा सक्रियताका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रमकी सभापति शकुन्तला दाहालले २०५१ साल देखि समाजका लागि केही योग्दान दिने उद्धेश्यले छात्रवृत्ति सञ्चालन गरिएको कार्यक्रमबाट तत्कालीन समयमा १५० जना जेहेन्दार विद्यार्थी लाभान्वित भएकोले सोहि कार्यक्रम बाट प्रभावित भई २०६७ सालमा संस्थाको पहलमा संञ्चालन भएको भागवत पुराणको माध्यमबाट सङकलित करिब २.५ करोड रकमले ५३ रोपनि जग्गा खरिद गरि नेपाल सरकार तथा नेपाली सेनाको पहलमा केहि घर(कुटी) निर्माण गरि नेपालकै पहिलो जष्ठ नागरिक मैत्रँी सेवाश्रम सञ्चाल गरीएको जानकारी गराइन । हाल ३३ वटा घर (कुटी) निर्माण गरी सञ्चालनमा रहेको जानकारी गराईन् । समाजमा नियमीत शुल्क तिर्न सक्षम, कम सक्षम र असक्षमका आधारमा शुल्क तिर्न सक्ने जेष्ठ नागरीक हरुको लागि शुल्क लिएर आर्थिक अवस्था न्यून रहेका हरुकालागि केहि शुलक लिएर साथै निशुाल्क समेत बसोवासको व्यवस्था मिलाई सञ्चालन गरिएको जानकारी दिदै दाता हरुकै सहयोगका आधारमा संस्थागत गतिविधि अघि वडिरहेको परिपेक्षमा नेपाल सरकारबाट यस्ता सामाजिक उत्तर दायित्व निर्वाह गरेका संस्था हरुको लागि छुटै बजेटको व्यवस्था हुन सकेमा संस्थागत गतिबिधि सञ्चालनमा सहजता हुने धारण व्यक्त गरिन ।

प्रतिष्ठानका पूर्व सञ्चालक समेत रहेका सञ्चारकर्मि गान्धर्व पौडेलद्वारा कशलता पूर्वक सञ्चालन गरिएको उक्त कार्यक्रममा करिव सयैँको सङख्यामा उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend