logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

पशु सेवा कार्यालय ललितपुरको आयोजनामा सप्ताहव्यापी विश्व दुध दिवस सम्पन्न हुदै


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १८ २०८१

-जयराम बिडारी
काठमाण्डौ “दूध तथा दुग्ध पदार्थको सेवन” दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने मूल नाराका साथ गणतन्त्र दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा विश्व दूध दिवस २०८१ को भव्य रूपमा सुरुवात गरिएको छ । विभिन्न कार्यक्रम गरि जेठ १५ गतेदेखि २१ गतेसम्म मनाइने उल्लेख छ।



पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ लि., नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघले २०११ जुन १६ देखि विश्व दुध दिवस मनाउन थालिएको थियो । यसै क्रममा पशु सेवा विभाग अन्तर्गत बागमती प्रदेशद्वारा पशु सेवा कार्यालय, ललितपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजनाा गरि साताव्यापी ‘’विश्व दुध दिवस – २०८१ तथा दुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी कार्यक्रमको सुरुवात गरिएको थियो ।

उक्त कार्यक्रममा पहिलो दिन मंगलबार पत्रकार भेटघाट कार्यक्रम र भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित “श्री द्योमां जगत बृद्धाश्रम बोडे” का ३० जना बृद्ध बृद्धाहरुलाई एक कार्यक्रमका बीच १०० लिटर दुध, १० लिटर ध्यू, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुग्धजन्य परिकार वितरण गरिएको थियो ।

सो कार्यक्रममा पशु सेवा कार्यालय, ललितपुर बागमती प्रदेशद्वारा यहि जेठ १५ गते देखि २१ सम्म विभिन्न सामुदायिक विद्यालय लगायत काठमाण्डौ उपत्यका भित्रका विभिन्न बृद्धाश्रमहरुमा दुध तथा दुग्ध पदार्थ वितरण गर्ने कार्यक्रम रहेको बताइएको थियो । पसु सेवा कार्यालय ललितपुरका निमित्त कार्यालय प्रमुख डा. नितेश कार्कीको सभपतित्वमा भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख वासुदेव नाथको प्रमुख आतिथ्यमा,वरिष्ठ पत्रकार तथा श्रृङ्खला मासिक एवं स्टार एक्सप्रेस साप्ताहिकका सम्पादक प्रवीण जोशीको विशेष आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रमुख अतिथिद्वारा व्यानर पढेर गरिएको उद्घाटन गरिएको उक्त कार्यक्रमको सुरुवात राष्ट्रीयगान बजाएर गरिएको थियो । उक्त कार्यक्रममा सोही कार्यालयका पशु विकास अधिकृत डा. सुशिला श्रेष्ठले स्वागत मन्तव्यका क्रममा स्वस्थ्य जीवनयापनका क्रममा गाई भैंसीबाट प्राप्त हुने दुध तथा दुग्ध पदार्थको प्रयोगबाट मानिसलाई स्वस्थ र तन्दुरुस्त रहनका लागि यथेष्ट फाईदा पुग्ने स्पष्ट पारेकी छन् ।

डा. नितेश कार्कीद्वारा कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै दूध उत्पादनको अवस्था, बागमती प्रदेशको अबको योजना, सप्ताहव्यापी कार्यक्रमको विवरण, लगायतको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार प्रवीण जोशीले गणतन्त्रको दिन परेकोले ‘आजकै दिन नागरिक स्वतन्त्रता पाएका थियौं’ भन्दै दुधको पौष्टिकताका बारे जनचेतना अभिवृद्धि गरि सम्बद्ध सरोकारवालाहरुलाई यसको महत्वका बारेमा प्रत्यक्ष फाइदा पुर्याउने उद्देश्यले आयोजित कार्यक्रमको खुलेर प्रशंसा समेत गरेका थिए ।

सो अवसरमाा प्रमुख अतिथि वासुदेव नाथले दैनिक कोल्ड ड्रिंक्सलाई निरुत्साहित पार्दै मानवजीवनलाई आवश्यक पर्ने गुणस्तरीय दूध पिउनु पर्छ भन्ने चेतना अभिवृद्धि गर्न दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर कायम गर्न, दूध तथा दुग्धजन्य पदार्थको उपभोगमा सबैको पहुँच पुर्याउनका लागि कार्यक्रम सञ्चालन गरिएकोले यसको प्रभावकारी रहने बताएका छन् ।

यसैगरि जेठ १६ गते चण्डीदेवी आधारभूत विद्यालय गोदावरी ललितपुरमा दुध २०० लिटर , घ्यू १० केजी पनिर १० केजी,रसवरी २०० वटा वितरण गरिएको थियो ।

कालिदेवी आधारभूत विद्यालय गोदावरीमै दुध १०० लिटर पनिर ५ केजी,घ्यू५ केजी र रसबरी५० वटा वितरण गरिएको जनाइएको छ ।

यसैगरी नक्सालस्थित केन्द्रिय बहिरा मा. वि. मा ४० लिटर दही १७ केजी चिउरा तथा ६४० वटा रसबरी वितरण गरिएको थियो । तेस्रो दिनको कार्यक्रम अन्तर्गत नेपाल स्नेही काख धापाखेलमा दुध तथा दुग्धजन्य परिकार वितरण कार्यक्रममा २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय ५० वटा रसवरी वितरण गरिएको जनाइएको छ ।

 

यसैगरि चौंथो दिनको कार्यक्रम अन्तर्गत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई मोही वितरण गरिने जानकारी गराइएको छ ।

पत्रकार भेटघाट कार्यक्रमको संचालन कार्यालयका अधिकृत कृष्ण कार्कीले गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend