जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपाल देशका शहरी क्षेत्रमा जति मानव घनत्व बढेर समस्याको रुपमा आईराखेको छ । त्यसैगरी स्थानीय अर्थात विकटका जिल्ला भनेर चिनाउदै आएका जिल्लाका स्थानीय गाउ, टोलमा बसोबास गर्ने मानव जीवनको जिवन उत्तिकै कठिनपूर्ण छ ।
यस्ता विकट भनिएका जिल्लाहरुमा बटोघाटो बल्ल बल्ल पुगेको भएपनि कच्ची सडक मात्र छ । यातायातमा यात्रा गर्न अझैपनि कठिन छ । स्वस्थ्य केन्द्रहरु स्थापना भएको भएपनि दक्ष जनशक्ति अर्थात एमबिबिएस डाक्टरहरु भौगोलिक कठिनाईका कारणहरु देखाउदै वा आम्दानीको स्रोत कम भएको भनेर सरुवा आएको केही दिनमा नै अन्यन्त्र जाने गरेकाछन् । इन्टरनेट, टेलिफोन सेवा कतिपय जिल्लाहरुमा हावा हुरीका कारण वेला वेलामा प्रभावित हुने गरेकाछन् । शिक्षाको लागि भौतिक पूर्वधारहरु विगतमा भन्दा राम्रा भएपनि गुणस्तरको नाममा गाउँमा विद्यार्थी नपढाउदा शहरमा विद्यार्थी गएका कारण धेरै विद्यालयहरु मर्ज भईसकेका छन् । बैक, फाइनान्स, सहकारी केही मात्रमा भएपनि ग्रामिण भेगका जनताको पहुच भन्दा अलि टाढा भएको जस्तो देखिन्छ । गाउँमा बस्ने सिमित व्याक्तिहरुले सहकारीका रकमहरु, बैकमा रकम राख्ने झिक्ने, गाउँमा कसैलाई सहयोग चहिएका ऋण तिनै सिमित व्याक्तिहरुमा निर्भर हुनुपर्ने, समस्या आज पनि जस्ताको तस्तै देखिन्छ ।
यि माथिका सवै कारणहरु अरु नभएर ग्रामिण भेगका जनताको जिवनस्तर उकास्न नसक्नु नै पहिलो समस्या हो । नेपालका पाहाडी र हिमाली जिल्लाहरुको सवैको झण्डै झण्डै अवस्था एउटै हो । तराईका पनि केही पिछडीका बस्तीहरुमा यस्तै समस्या ज्यूका त्यू रहेकाछन् । गाउले परिवेश जाहा खेतीपाती गरेर अन्न उत्पादन गर्ने, फलफूल, तरकारी, जडिवुटी जम्मा गरेर बेच्ने, बस्तु पालन गरेर दुधः दही, मही बिक्री वितरण गर्ने, खसी, रागा, कुखुरा, हास, बेचेर आम्दानी गर्ने वा कुनै सिकर्मी, कुनै डकर्मी, कतै वाटो बनाउनु परेमा ज्मामी काम गरेर आम्दानी गर्ने र आफुलाई खाना पुगेर उब्रेको अन्नपात बेच्ने, कतै कतै स–सना होटल खोलेर चिया, खाजा बेचेर नाफा कमाउने यिनै हुन नेपालका ग्रामिण भेगका आम्दानी गर्ने स्रोतहरु त्यो वाहेक कुनै कुनै ठाउमा एदाकदा स– सना उद्योगहरुमा काम गरेर तलव बाट जीवन गुजारा गर्ने नेपाली समुदायको आम्दानीको स्रोत यहि हो ।
यि स्रोतहरु राम्रोसँग परिचालन हुन नसक्दा ग्रामिण भेगका जनताको जिवनस्तर राम्रोसँग चल्न सकेको छैन । भौगोलिक विकटताका कारण एकठाउँवाट अर्को ठाउँमा बसाई सराई जाने चलन बढ्दै गएको छ । त्यो चलनको निरन्तरताले सक्रीय जनशक्ति पलायन हुदै जादा बृद्धाबृद्धा अवस्थामा रहेका मानिसहरु झनै प्रभावित हुदै गएकाछन् ।
देशका केही मानिसहरुले त्यो ग्रामिण भेगको प्राकृतिक बयान गरेपनि मानिसहरुको जिवनमा सुधार ल्याउने, व्यवस्थापन गर्ने तरिकाहरु अहिलेसम्म लागु हुन सकेका छैनन् ।
त्यसकारण ग्रामीण भेगका जनताको जिवनस्तर नउकासेसम्म नेपालको समग्र विकास सक्दैन । स्थानीय जनजिवन उकास्न बृहत्त दिर्धकालीन योजनावात मात्र सम्भव छ । त्यो योजना छिट्टो ल्याउन जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend