जन आकाश
जयराम विडारी
काठमाडौ । विश्व दूध दिवसको उपलक्षमा पशु सेवा कार्यालय ललितपुर द्वारा संचालन गरिएको सप्ताहव्यापी दुग्धजन्य पदार्थ उपभोग तथा प्रवर्धन कार्यक्रम सोमबार सम्पन्न गरेको छ ।
’दूध तथा दूध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवर्द्धन” भन्ने मूल नाराका साथ गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ देखि सप्ताहव्यापी रुपमा सुरु गरिएको कार्यक्रम विभिन्न विद्यालय, बृद्धाश्रम तथा सहयोगापेक्षीहरुलाई आश्रय प्रदान गरिने स्थलमा दूध तथा दुग्धजन्य पदार्थ वितरण गरी २१ गते विश्व दूध दिवस २०८१ को भव्य रूपमा सम्पन्न गरिएको थियो ।

पशु सेवा कार्यालय ललितपुरले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि साताव्यापी ‘विश्व दूध दिवस २०८१ तथा दुग्धजन्य पदार्थ उपभोग प्रवर्धन” सप्ताहव्यापी कार्यक्रमको जानकारी गराइएको थियो । उक्त कार्यक्रममा पहिलो दिन मंगलबार पत्रकार भेटघाट कार्यक्रममा पसु सेवा कार्यालय ललितपुरका निमित्त कार्यालय प्रमुख डा. नितेश कार्कीको सभपतित्वमा भेटेरिनरी अस्पताल तालिम केन्द्र, ललितपुरका निमित्त प्रमुख वासुदेव नाथको प्रमुख आतिथ्यमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो । सोही दिन लगत्तै भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ८ स्थित श्री द्योमां जगत बृद्धाश्रम बोडेका ३० जना बृद्ध बृद्धाहरुलाई एक कार्यक्रमका बीच १०० लिटर दुध, १० लिटर ध्यू, १० केजी पनिर, ५० वटा रसवरी लगायतका दुग्धजन्य परिकार वितरण गरिएको थियो ।
यसैगरि जेठ १६ गते चण्डीदेवी आधारभूत विद्यालय गोदावरी ललितपुरमा दुध २०० लिटर , घ्यू १० केजी पनिर १० केजी,रसवरी २०० वटा वितरण गरिएको थियो । सोही दिन कालिदेवी आधारभूत विद्यालय गोदावरीमै दुध १०० लिटर पनिर ५ केजी, घ्यू ५ केजी र रसबरी५० वटा वितरण गरिएको जनाइएको छ । यसैगरी नक्सालस्थित केन्द्रिय बहिरा मा. वि. मा ४० लिटर दही १७ केजी चिउरा तथा ६४० वटा रसबरी वितरण गरिएको थियो ।
तेस्रो दिनको कार्यक्रम अन्तर्गत नेपाल स्नेही काख धापाखेलमा दुध तथा दुग्धजन्य परिकार वितरण कार्यक्रममा २ सय लिटर दुध, १० केजी घिउ, १० केजी पनिर र २ सय ५० वटा रसवरी वितरण गरिएको जनाइएको छ । चौंथो दिनको कार्यक्रम अन्तर्गत कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई मोही वितरण गरिएको जनाऊँदै पाँचौं दिनको कार्यक्रम अन्तर्गत दूध दिवसको सवै सवैमा हार्दिक शुभकामना सहित पशु सेवा कार्यालय ललितपुरले आज पाँचौ दिन जेठ १९ गते शनिवारका दिन कागेश्वरी मनोहरा नगरपालिकाको थली काठमाण्डौस्थित सारा चिल्ड्रेन होम पुगेर घ्यू ५ किलो,पनिर ५ किलो, रसवरी ५० वटा अनि दूध १०० लिटर वितरण गरिएको थियो ।
टोलीले कार्यक्रमको छैठौं दिन लगनखेलस्थित मानसिक अस्पताल पुगि निरन्तरता दिंदै घ्यू ५ किलो पनिर ५ किलो, रसवरी ५॰ वटा अनि दूध १०० लिटर वितरण गरिएको जनाएको छ । कार्यक्रमको समापन समारोहमा पसु सेवा कार्यालय ललितपुरका निमित्त कार्यालय प्रमुख डा.नितेश कार्की तथा कार्यालयका अधिकृत कृष्णबहादुर कार्कीद्वारा सप्ताहव्यापी कार्यक्रमको विवरण एवं उपलब्धीहरुको संक्षिप्तमा जानकारी गराएको थियो ।
उक्त कार्यक्रममा जनाइएनुसार कार्यक्रम अवधिभर ३ वटा सामुदायिक विद्यालयका ६५० शिक्षक र विद्यार्थीहरुलाई दूध ६०० लिटर,घ्यू ३२ केजी ,पनिर २५ केजी ,दही १४० लिटर रसवरी ११०० वितरण गरिएको जनाइएको छ ।
यसैगरी ३० जना बिरामी सहितको १ सरकारी अस्पतालमा ५० लिटर दुध, घ्यू ३ केजी , पनिर ३ केजी सहयोगापेक्षी अनाथ बाल बालिकाहरुलाई दूध १०० लिटर,घ्यू ६ केजी पनिर ६ केजी,दही ३० लिटर,तथा १५० वटा रसवरी वितरण गरिएको बताइएको छ ।
यसैक्रममा मानव सेवा आश्रममा ५२ जना सहयोगापेक्षीहरुका लागि २०० लिटर दूध , १० केजी घ्यू , १० केजी पनिर,२५० वटा रसवरी वितरण गरिएको जनाउदै कूल ८५० लाभान्वितहरुका लागि ७ संघ संस्था लगायत १०५० लिटर दूध, ६२ केजी घ्यू , ५० केजी पनिर १७० लिटर दही तथा १६५० वटा रसवरी वितरण गरिएको जानकारी गराइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend