logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

श्रीलंका विरुद्धको खेलमा संन्दीप लामिछानेले खेल्ने


  • जन आकाश
  • सोमबार, जेष्ठ २८ २०८१

काठमाडौ । नेपालका चर्चित क्रिक्रेट खेलाडी सन्दीप लामिछानेले वेष्ट इन्डिजमा हुने पहिलो चरणको दोस्रो खेलमा त्यहा गई विश्वकपमा भाग लिने भएकाछन् । नेपाल क्रिक्रेट एशोसिएसनले २८ गते एक ज्ञिप्ति जारी गदै उक्त कुरा बाहिर ल्याएको हो ।



उसले विज्ञप्तिमा भनेको छ, सन्दीपको विषयलाई लिएर क्यानका पदाधिकारीहरुलाई लान्छना लगाउने, अम¥यादित शव्दहरु प्रयोग गर्ने गरिएको छ । सन्दीपको अमेरिकाले भिषा नदिएको विषयलाई लिएर क्यानलाई गल्ती देखाईएको छ । यो होइन यस्ता अर्नगल हल्ला र भ्रममा नलाग्न र १० बर्ष पछि नेपालले क्रिके्रटको विश्वकपमा पुगेको उपलक्ष्यमा सवै क्रिक्रेतप्रेमी एक ढिक्का भई क्रिक्रेत महत्सव मनाउन आग्रह गरेको छ ।

विज्ञप्ति हेर्नुहोस जस्ताको तस्र्तै

प्रेस विज्ञप्ति

मितिः २८ / ०२ / २०८१

जारी आईसीसी पुरुष टी ( २० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं । सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो।

सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं ।

साथै, सन्दीप लामिछानेको भिसासँग सम्बन्धित क्यान प्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी समेत गराउँदछौं।

यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स(साना भएपनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौं । नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं ।

दश वर्षपछि नेपालले सहभागिता जनाइरहेको क्रिकेटको यस महा(उत्सवमा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरू एक ढिक्का भई नेपाली क्रिकेट टोलीको हौसला बढाइदिनुहुन समेत हार्दिक आह्वान गर्दछौं।

पारस खड्का सचिव

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend