logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

ब्रिटिस काउन्सिलद्वारा हरित तथा अर्थतन्त्र कार्यक्रम सम्पन्न


  • जन आकाश
  • मंगलबार, जेष्ठ २९ २०८१

काठमाडौ । ब्रिटिस काउन्सिलले युवा तथा जलवायु कार्य सम्मेलन २०२४ को उद्घाटन जुन ३ मा गरेको थियो । यस सम्मेलनको उद्देश्य हरित अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वको अन्तरसम्बन्ध पत्ता लगाउन विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई भेला गरी मनाईएको थियो । सम्मेलन जुन १० सम्म चलेको थियो।



सहभागीहरूले जलवायु परिवर्तनसँग सम्बन्धित चुनौति र अवसरहरूबारे छलफल गर्ने उद्देश्यले विभिन्न गतिविधिहरू मार्फत सक्रिय रूपमा सहभागिता जनाएका थिए । कार्यक्रमले युवाहरूलाई रचनात्मकता, सक्रियता र रोकथामका उपायहरू मार्फत जलवायु सङ्कटसँग जुध्न आफ्ना विचारहरू आदानप्रदान गर्ने मञ्च प्रदान गरेको थियो ।

संयुक्त अधिराज्य र नेपाल साझेदारहरूको कन्सोर्टियमसँगको सहकार्यमा, हामीले दिगो हरित अर्थतन्त्र र जलवायु कार्यमा केन्द्रित एक दिने विचारगोष्ठी आयोजना गरेके थियो । गोष्ठीमा अन्तरक्रियात्मक संस्कृति कार्यशालाहरू र विद्यार्थी तथा विज्ञहरूका लागि डिजाइन गरिएको विशेष सत्रहरू समावेश थिए ।

नवप्रवर्तनकारी हरित परियोजनाहरू प्रस्तुत गर्ने एक हप्ता लामो प्रदर्शनी तारागाउँ नेक्स्ट, बौद्धमा जुन १० सम्म खुला रहेको थियो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो।

भेलाले बुद्धिजीवीहरू, कलाकारहरू, अभियन्ताहरू, समुदायका सदस्यहरू, शिक्षाविद्हरू, शिक्षकहरू, र युवाहरूलाई दिगो भविष्यमा योगदान पुर्याउनको लागि सिर्जनशीलता, उद्यमशीलता, र वातावरणीय दिगोपनको खोजी गर्न सबैलाई एकताबद्ध गरेको थियो ।

नेपालका लागि बेलायती राजदूत एचई रोब फेनले आफ्नो मन्तव्यम युवा र जलवायु परिवर्तन बेलायत र नेपालबीचको सम्बन्धलाई ताजा बनाउनका लागि सबैभन्दा उपयुक्त दुई शब्दहरू हुन् भन्ने उल्लेख गरे । जलवायु परिवर्तन दुवै देशका युवाहरूले सामना गर्ने साझा चुनौती भएकाले यो क्षेत्रले दुवै देशका युवाहरूलाई एकसाथ ल्याउने अवसर प्रदान गर्दछ ।’ भन्ने भनाई राखेका थिए ।

ब्रिटिस काउन्सिलको दक्षिण एसियाका क्षेत्रीय निर्देशक हेलेन सिल्भेस्टरले गोष्ठीको उद्घाटनमा भनिन्, ’आज हामी रचनात्मक हरित अर्थतन्त्रको क्षेत्र र जलवायु कार्यमा युवा नेतृत्वको निर्णायक भूमिकाको खोजी गर्न एकसाथ आउँदैछौं, दिगो विकासका लागि सिर्जनशीलता र नवप्रवर्तन शक्तिशाली उत्प्रेरकहरू हुन् भन्ने कुरा नबिर्सौं ।

हाम्रो युके साझेदार, एडिनबर्ग नेपियर विश्वविद्यालयका इंगे पन्निल्सले भने, ‘रचनात्मक हरित अर्थतन्त्रले परिवर्तनको लागि वास्तविक शक्तिको रूपमा काम गर्न सक्छः तर यो हाम्रो कर्तव्य हो, हाम्रो साझा कर्तव्य हो – केवल युवा व्यक्तिहरू, डिजाइनरहरू, वा नीति निर्माताहरूमा मात्र भर पर्नु हुँदैन । यो उद्देश्य पूरा गर्नु नागरिकको रूपमा हाम्रो साझा दायित्व हो – विश्वव्यापी, रूपमा, स्थानीय रूपमा, एकताबद्ध रूपमा । इन आवर ह्यान्ड्स कार्यक्रम मार्फत विकास गरिएको क्विन्टुपल बटम लाइन फ्रेमवर्क स्थानीय नीतिहरूमा समावेश हुनु मेरो लागि ठूलो उत्साहको स्रोत हो । फ्रेमवर्कले स्थानीय एजेन्सीहरूलाई स्थानीय समुदायहरूसँग काम गर्न कसरी सहयोग गर्न सक्छ भनी हेर्न म आतुर छु ।

स्टोरी साइकलका स्थानीय साझेदार सौरभ ढकालले भने, ’रचनात्मक हरित अर्थतन्त्रतर्फ काम गरिरहेका हामीमध्येका लागि यो विचारगोष्ठी एउटा सफलता हो । हरित अर्थतन्त्रको अवधारणा केही समयदेखि चर्चाको विषय बनेको छ । तर, रचनात्मक हरित अर्थतन्त्र, हामीले परीक्षण र प्रवर्द्धन गर्ने लक्ष्य राखेको अवधारणा, सार्वजनिक नीतिको क्षेत्रमा भएका लगायत प्रमुख सरोकारवालाहरूले गोष्ठीमा अँगालेको जस्तो देखिन्थ्यो ।

गोष्ठीमा, हामीले नेपालमा रचनात्मक हरित अर्थतन्त्रमा छलफल पत्र प्रस्तुत गर्यौं । रचनात्मक हरित अर्थतन्त्रको अवधारणा शिल्प कौशल, जलवायु परिवर्तन र अन्तरपुस्ता सशक्तिकरणमा केन्द्रित नेपाल–युके आदानप्रदान मार्फत गरिएको थियो । यो प्राज्ञिक, नागरिक समाज र निजी क्षेत्रका साझेदारहरूको सहकार्यबाट उनीहरूको विशेषज्ञता र प्रयासबाट विकसित गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend