logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन


  • जन आकाश
  • मंगलबार, जेष्ठ २९ २०८१

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन थालेको छ । केन्द्रका प्रमुख पशुपति गौतमले समयमा वर्षा भएकाले जेठको दोस्रो सातादेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदै आएको जानकारी दिए ।



केन्द्रमा रहेका तीन युनिटबाट २३/२३ मेगावाटका दरले ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए । “सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुँदा विद्युत् उत्पादन घटेर ३० मेगावाटसम्म पुग्ने गरेको छ । यसपटक समयमा वर्षा भएकाले हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको हो,” उनले दिएका हुन्र ।

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लँदा पानीको अभाव नभएको गौतमले बताए । “वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्ने गर्दछ,” उनले भने, “सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोलाखोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन पनि घट्ने गरेको छ ।”

यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend