logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

गोकुलगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा तोप प्रहार


  • जन आकाश
  • शनिबार, असार २ २०८१

। रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले २०८० र ८१ को बजेट समीक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।



यहि गएको महिना २०८१ साल जेठ ३२ गते गाउँपालिकाको प्रशासनीक भवनको हल रस्नालुमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का, विशेष अतिथि उपाध्यक्ष उषा बस्नेत कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादव अतिथिहरुमा गाउँपालिकाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारीहरुको उपस्थिति र आमन्त्रित पालिकाका राजनीतिक पार्टीका प्रतिनिधिहरु, त्यसै गाउँपालिका भित्र संघ, संस्थाका प्रतिनिधिहरु र कार्यक्रमलाई रहजीकरण गर्न जिम्मा पाएका कम्पनीका प्रतिनिधिहरुको एक अर्काका सम्बन्धित निकायका प्रतिनिधी जम्मा भई कार्यक्रम गरेका हून् ।

कुनैपनि स्थानीय सञ्चारमाध्यमलाई जानकारी नदिईकन गरिएको कार्यक्रममा मन्थलीवाट  सञ्चारकर्मीहरु आफै पगेका थिए । त्यो सार्वजनिक सुनुवाईको समग्र तरिकाहरु हेर्दा कार्यक्रम औपचारीताका लागि मात्र बोलाईएको छनक हुनेगरी कार्यक्रमको शुरुवात भएको थियो ।

सार्वजनिक सुनुुवाईको उद्घाटन पालिका अध्यक्ष आफैले व्यानर पढेर सुनाएका थिए । हेर्ने र ताली बजाउने उनैका कर्मचारी पालिका प्रतिनिधिहरु रहेका थिए । त्यस कार्यक्रममा कुनैपनि स्थानीय सामान्य नागरिकको उपस्थिति थिएन ।

 


सार्वजनिक सुनुवाई भनिएको कार्यक्रममा त्यस पालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश कुमार यादवले पालिकाको २०८०/ ८१ बजेटको प्रगति र समिक्षाको वारेमा काहाँ कति खर्च भयो काहाँ कति छ । कतिपय कार्य भईरहेको उल्लेख गरेका थिए ।

उक्त विवरणहरु स्लाईटमा देखाइएको थियो । तर कतिपय सुद्धासुद्धी मिस्टेक र वेला वेलामा माइकको साउण्ड सिस्टममा समस्या भएर कार्यक्रममा व्यवस्थापनको कमजोरी देेेेेखेर  हासोले हल गलल भएको थियो ।

गाउँपालिकाको सार्वजनिक सुनुवाईमा पेश भएको कार्य प्रगतिको समिक्षा विवरणको नमूना परिक्षण गरी प्रतिशतमा निकालिएको भनेर कार्यक्रमको सहजीकरण गरेको भनिएको कम्पनीले पेश गरेको विवरण विश्वसनीय नभएको भनेर कार्यक्रमको सहजीकरण गरिएको कम्पनीले पत्यार लाग्ने भन्दा अपत्यारिला विवरणहरु परिक्षण गरिएको भनेर पट्यार लाग्दा विवरणहरु दिईरहदा हलमा बसेका कार्यपालिका सदस्यहरु समेत हल छोडेर बाहिर निस्केका थिए ।

लाग्थ्यो त्यस कार्यपालिकाका जनप्रतिनिधिहरु सार्वजनिक सुनुवाईमा भत्ता बुझ्नको लागि मात्र आएका हुन जस्तो भान हुन्थ्यो ।

त्यस कार्यक्रमको साक्षी बसेका गोकुलगंगा गाउँपालिका राजनीतिक दलका प्रतिनिधिहरुले घुमाउरो भाषामा गाउँपालिकाको कार्यशैली प्रति विरोध गरेका थिए ।

रास्वपाका गोकुलगंगा गाउँपालिका पूर्व सभापति सुमन खड्काले रेविज लाग्दा रेविजका विरामीलाई मन्थली पुरयाउनु पर्ने अवस्था आएको हस्पिटल सञ्जाल राम्रो नभएको जस्ता  प्रश्नहरु गरेका थिए । त्यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधिले लम्की स्कीमको विषयमा गाउँपालिकाले किसानलाई कस्तो सहयोग पुरयाएको छ, विपत्त व्यवस्थापनको लागि कस्तो तयारी छ भनेर प्रश्न गरेका थिए ।

प्रश्नकर्ता जम्मा दुईजना मात्र थिए । सुमन खडका र एकीकृत समाजवादीका प्रतिनिधि

उक्त प्रश्नको उत्तर दिदै पालिकाका अध्यक्ष काजी बहादुर खड्काले पालिकामा कुनै पनि अनियमियतता हुन दिएको छैन । अस्पताल सुचारु गर्न उपकरण पर्याप्त भएको तर एमविविएस डाक्टार नहुदा समस्या छन् । समयमा हस्पिटलमा कर्मचारी नभएको विषयमा के रहेछ बुझेर उत्तर दिने बताएका थिए । उनले रास्वपाका प्रतिनिधिले सोधेको प्रश्नमा तोप प्रहार स्टाईलमा तपाईको पार्टीको सभापति विभिन्न आरोपित भएपनि काम गर्ने जागरुक युवा र काम गर्ने ठाउँमा हुनुहुन्छ । तपाईहरुले पनि गाउँपालिका बनाउन सहयोग गर्नुपर्छ । विरोध र प्रश्न उठाउन त सजिलो हुन्छ । कतिपय नीति र नियमले काम गर्न सजिलो छैन भन्दै कटाक्ष पनि गरेका थिए ।

नेकपा माओवादी केन्द्रका प्रतिनिधी राजन बस्नेतले सर्वजनिक सुनुवाई गर्दा सर्वसाधरणलाई धेरै भन्दा धेरै समेट्न सकेको भए अझै राम्रो हुने थियो भनेर धारणा राखेका थिए । नेकपा एमालेका पालिका कमिटी अध्यक्ष सचिन कार्की,नेपाली काँग्रेसवाट कुलाराज सुनुवार लगायतलाई मञ्चमा अभिव्याक्ति दिन लगाइएको थियो । कार्यक्रमको नाम सार्वजनिक भनेको भएपनि कार्यक्रम राजनीतिक पार्टीका अन्र्तक्रिया जस्तो देखिएको थियो ।

गोकुलगगा गाउपालिकाको विकासमा जोड भनिएको भएपनि समग्र पछिल्लो समय उल्लेख गर्न लायक कामहरु देखिएका छैनन् ।

नीतिगत रुपमा देखिएका लुवहरु प्रशस्त देखिन्छन् । यसले आउदा दिनमा यस्ता विशयहरुले प्रसय पाउदै जाने हो भने बाहिर नदेखिए पनि भित्र भित्र खोक्रो बन्दै जाने देखिन्छ त्यसकारण गोकुलगगा गाउपालिका स्थानीयहरु बेलैमा सचेत हुन जरुरी छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend