logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बेतालीका सुतार कार्कीहरुको वैठक काभ्रे खोला दिवालीचौरमा सम्पन्न


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

मोहन कार्की



रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन ४ काभ्रेखोलास्थित दिवालीचौरमा सम्पन्न भएको छ । यहि मिति २०८१ असार १ गते बसेको सुतार कार्की क्षत्री कुल देवता संरक्षण समितिका पदाधिकारीहरु जम्मा भई गुन्ज बहादुर कार्कीको अध्यक्षतामा वैठक  बसेका हुन् ।

वैठकमा उठेका चार विषयहरु यसप्रकार छन् ।

१. बेतालीकाे  दिवालीचौरमा कुलपुजा गर्ने भाईबन्धुहरू बीच आसोच ( जुठो) परेमा भाई विचार (२१००) नगद समवेदना कदर पत्र हस्तान्तरण गरिने ।
२. भाईबन्धु बिरामी भई उपचारमा कठिनायी भएमा जिल्ला भित्र १५००० जिल्लाभन्दा वाहिर उपचार गर्न लानुपर्ने भएमा २०००० सम्मको एक महिनासम्म निरक्याजी सहयोग गरिने ।
३. पराम्परादेखि चल्दै आएको कुलपुजा गर्दा बलीको लागी बयर जातको र सिंह नभएको बोका आगामी कुलपुजामा नस्वीकार्ने ।
४. सुतार कार्की बेताली दिवालीचौरमा कुलपुजाको लागि मन्दिर निर्माण गर्न सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिने निर्णय सर्वसहमतिले गरिएको त्यस बेतालीका सुतार कार्की क्षेत्री  कुल देवता सरक्षण समितिका सचिव सिताराम कार्कीले जानकारी दिएकाछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend