जन आकाश
काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता आदर्श क्षेत्रीकी आमा सकुन्तला बस्नेतले आफ्नो छोरालाई नियोजित रुपमा झुठा मुद्दामा फसाइएको आरोप लगाएकी छन् । (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो छोरा आदर्शसहित राजु सुनार, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई झुठा मुद्दा लगाएर पक्राउ गरिएको बताएकी हुन् । उनीहरुलाई अहिले प्रहरी वृत्त बौद्धमा राखिएको पनि सकुन्तलाले बताईन् ।
आदर्शकै पहलमा नेपाल मेडिकल कलेजको पार्किङ निःशुल्क बनेको र बुद्ध एकेडेमीको जग्गा मिलेमतोमा विक्री हुनबाट जोगिएको उनको दाबी छ । भ्रष्टाचार विरोधी अभियानमा लागेको छोरालाई झुठा आरोप लगाएर पक्राउ गरिएको उनले बताईन् । ‘राजनीतिक प्रतिशोधका आधारमा नियोजित रुपमा मेरो छोरा आदर्श क्षेत्रीलाई झुठा आरोप लगाएर प्रहरी बृत्त बौद्धमा राखिएको छ,’– उनले भनिन् । उनले आफ्नो छोरा आदर्शसहित पक्राउ परेको चारै जनालाई विना शर्त रिहाइ गरिनुपर्ने बताईन् ।
पक्राउ परेका राजु सुनुवारकी दिदी सविनाले उनीहरुले राम्रो काम गर्दै आएको बताईन् । सूचना माग्दा पूर्वाग्रही रुपमा गिरफ्तार गरिएको उनको आरोप छ । ‘उहाँहरुले गरेको काम राम्रो थियो । आजसम्म जति गर्नुभयो उहाँहरुले समाजलाई रुपान्तरण गर्न सचेत गरिरहनुभएको थियो । सूचनाको हक सबैले लिन पाउनुपर्ने हो । उहाँहरुलाई किन गिरफ्तार गरियो थाहा भएन,’– उनले भनिन् ।
आदर्शकी दिदी आकृतिले उनीहरुलाई सुनियोजित रुपमा फसाइएको दाबी गरिन् । उनीहरुले घुुस मागेको भन्ने कुनै प्रमाण नै नरहेको उनले जिकिर गरिन् । त्यस्तै, वरिष्ठ अधिवक्ता दीनेश त्रिपाठीले सूचनाको हक र समाजिक रुपमान्तरणका लागि काम गर्ने सोसियल एक्टिभिष्टहरुलाई गलत नियतका साथ पक्राउ गरेको देखिएको बताए ।
उनले नेपालकोे संविधानको धारा २७ ले सूचनाको हकलाई प्रत्याभूत गरेको बताउँदै उनले कुनै पनि नागरिकलाई सार्वजनिक सरोकारको सूचना माग्न पाउने हक दिएको बताए । उनले सूचना माग्न गएको कारण झुठा मुद्दामा फसाइन नहुने बताए । पक्राउ परेका ती युवाहरुलाई तत्काल रिहाइ गरिनुपर्ने र कुनै पनि झुठा मुद्दा लगाइन नहुने उनको भनाइ छ ।
यस विषयमा आधाकारिक के हो भनेर जन आकाश मिडियाले बौद्धका डिएसपी नवराज पाण्डेलाई उक्त जानकारी लिन सम्पर्क गरेका थियौ उनले प्रहरी पवक्तालाई जानकारी लिन भनेपछि जन आकाश मिडियाले प्रवक्त नवराज अधिकारीलाई जानकारी लिएका थियौ उनले भ्रष्टचार विरुद्धको अभियाँन भनेर अभियाँन चलाएको तर कतै दर्ता नभएको हुदा वैधानिक नभएकोले नियन्त्रणमा लिएको हो । विस्तृतमा जानकारी लिन बौद्ध प्रहरीमा नै बुझ्न आग्रह गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend