जन आकाश
काठमाडौ । आज मिति २०८१।०३।१० गते तादी गाउँपालिकाको आगामि आ .व.२०८१।०८२ को बजेट विनियोजनको लागि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङको सभाध्यक्षतामा बसेको १५औं गाउँ सभा बैठक सम्पन्न भएको छ ।
उक्त वैठकले बार्षिक बजेट, नीति तथा कार्यक्रम पेश भई जम्मा बजेट रकम रु ४६,६४,४९,०००। ०० अक्षेरुपी छयालिस करोड चौसट्टी लाख उन्नपचास हजार सार्वजनिक गरेको छ। विनियोजन गरिएको आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१,आ.व. २०८१।०८२ को बजेट ,नीति तथा कार्यक्रम सर्वसम्मत ढङ्गले पारित भई १५औं गाउँसभा सम्पन्न भएको त्यस गाउँपालिका सूचना प्रविधि अधिकृतले जानकारी दिएका हु्न् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend