जन आकाश
माेहन कार्की ।
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । यहि मितिः २०८१ साल असार १० गते १५ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत हुन् । अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गत वर्षकै धेरै कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नीति तथा कार्यक्रममा टोल बस्तीमा आकस्मिक मोबाइल अस्पताल संचालन गरिने,५ शैयाको अस्पतालको निर्माण कार्य पूरा गरिने,गृहिणी महिला सशक्तीकरण कार्यक्रम संचालन गरिने,विदेशबाट फर्केका युवाहरूलाई सामुहिक रुपमा व्यवसायीक कृषि पेशा गर्न प्रोत्साहन गरिने,कृषकलाई उत्पादनमा अनुदान नभई बिक्रीमा अनुदान दिइने उल्लेख गरिएको छ ।
गाउँपालिकाको केन्द्रमा पालिकाको स्थायी भवन निर्माणको थालनी गरिने,आकाशे पानी संकलन तथा रिजर्भ ट्याङ्की निर्माणलाई निरन्तरता दिइने,निर्माण भएका सबै घरहरुको नम्बर राख्ने प्रबन्ध गरिने र डिजिटल प्रोफाइलको परिवारको डाटाहरु अद्यावधिक गरिने कुरा समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
साथै प्रत्येक वर्ष नीति, कार्यक्रम तथा बजेटको समिक्षा गरिने बताइएको छ । प्रत्येक वर्ष नयाँ नयाँ कार्य आगामी आर्थिक वर्षको बजेट २० गते बोलाईको गाउँसभाले तय गरेपछि प्रतुत गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरवाराज केसीले जानकारी दिएकाछन्।
कार्यक्रम घोषणा गर्दै आएको पालिकाले २०८९ मा निर्वाचित भएपछि पहिलो वर्ष कृषिको बर्ष, दोस्रो वर्ष शैक्षिक वर्षलाई प्रथामिकता दिएको खाडादेवीले यस वर्ष स्वस्थ्यको वर्ष हुने भनेर स्वस्थ्यलाई प्रथामिता राखेको देखिन्छ ।
स्मरणराहोस रामेछाप जिल्लाको सुख्खाग्रस्त पालिकामध्य चरम खानेपानीको अभाव भएको खाडादेवी गाउँपालिका हो । त्यहाका जनताले हालसम्म धित मर्ने सुद्ध खानेपानी अझै पनि प्राप्त गर्न सकेका छैनन् । विगतमा भन्दा लिफ्टिङले केही राहात दिएको छ । तर प्र¥याप्त छैन । त्यसकारण खाडादेवी गाउँपालिकाले सवैभन्दा पहिलो प्रथामिता खानेपानीलाई राख्नुप¥थ्यो होला । तर कार्यक्रममा भटौली खोलमा ड्याम बनाएर पानी संचिती गर्ने र खानेपानी र सिचाई दुवै गर्ने पालिकाले गएको गाउँसभामा अध्यक्ष स्वमले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । त्यो काम शुरुवात भएको देखिदैन ।
आकाशे पानी संकलन रिजर्भ टंकी जस्ता टुक्रे योजनाले नै निरन्तरता पाएको देखिएको छ । यस्ता कार्यक्रमहरुले दिर्धकालीन रुपमा खानेपानीको पुर्ति गर्न सक्दैन । थोरै समुदायमा यो समस्या भएको भए आकाशे रिजर्भ टंकीमा भएको पानीले धान्न सक्थ्यो । तर धेरै ठाउँमा धेरै समुदायमा खानेपानीको अभाव भएको हुनाले ठुलो स्केलमा पानी दिर्धकालीन योजना बनाएर नै ल्याउनुपर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend