जन आकाश
काठमाडौं । मनास्लु स्कूलले कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले 3E कार्यक्रम“ को शुरूवात गरेको छ ।
यो कार्यक्रम स्कूलको सभाकक्षमा आयोजित गरिएको थियो, जहाँ लगभग ७०० जना एस.इ.इ. दिएर बसेका विद्यार्थिहरू उपस्थित थिए। मनास्लु स्कुलका कार्यकारी निर्देशक जे.बि.दवाडीको सभापतित्वमा सुरुवात भएको कार्यक्रममा संस्थाका अध्यक्ष हरि प्रसाद भट्टले परम्परागत ढंगले पानसमा बत्ति बालेर तथा डिजिटल माध्यमबाट समुद्घाटन गरेका थिए ।
बिशेष अतिथि नेपाल राष्ट्र बैंकका निर्देशक राजन विक्रम थापाले “भविष्यका योग्य युवाहरू तयार गर्न शिक्षामा उद्यमशीलता र रोजगार 3E शीर्षकमा Key Note प्रस्तुती गरे । कार्यक्रमको मुख्य आकर्षण उद्योगका प्रमुख नेताहरूको प्यानल छलफल थियो, जसलाई फाइब्रोका सह–संस्थापक र सीईओ सुरज राज पाण्डेले सञ्चालन गरे।
छलफलमा बिनय खड्का (सीईओ, खल्ती डिजिटल वालेट), इस्मारन दुवाडी (सह–संस्थापक र सीईओ, कोडहिमालय) , केदार चौलागाईं (सीईओ, नेपमेड्स), र विवेक प्रकाश (सह–संस्थापक र सीईओ, कोडिंगल, भारत) जस्ता विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो।
उहाँहरूले उद्यमशीलता प्रवर्द्धनमा शिक्षा र रोजगारको तयारीमा महत्वपूर्ण भूमिका रहेको विषयमा अन्तर्दृष्टिहरू साझा गरे मनास्लु स्कूलका सीईओ नरेश प्रसाद श्रेष्ठले स्वागत भाषणमा कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यावहारिक सीपहरू विकास गर्न विविध अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend