logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

मन्थली नगरपालिकाको अन्तर्किया कार्यक्रम काठमाडौमा सम्पन्न


  • जन आकाश
  • बिहिबार, असार २१ २०८१

काठमाडौ । मन्थली नगरपालिकाको आयोजनामा यहि मितिः २०८१ असार २० गते काठाडौको भृकुटीमण्डपस्थित पर्यटन बिभागको हलमा मन्थली पर्यटन प्रवद्र्धन लागि भएको अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।



पर्यटनसँग सम्बन्धित बिभिन्न व्याक्तित्वहरुको उपस्थितिमा र मन्थली नगरपालिकाका सम्बन्धित जनप्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुने त्यानालिष्टहरु सस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री हित बहादुर तामाङ, बागमती प्रदेश मन्त्री सस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य, बागमती प्रदेश सभासद आनन्द कुमार श्रेष्ठ, युवाराज चौलागाई, तारा नारायण श्रेष्ठ, माया कार्की,प्रर्व संसद श्याम कुमार श्रेष्ठ, नेपाल पर्यटन वोर्डका कार्यकारी उपाध्यक्ष कमल सापकोटा, टेकिङ एजेन्सीज एशोसिएसन अफ नेपालका अध्यक्ष निलहरि बास्तोला, पूर्व पर्यटन बोर्ड सदस्य राजेन्द्र सापकोटा, पर्यटन व्यवसायी सरिता लामा, प्याराग्लाइडिङ तथा साहासी ¥याफ्टिङ प्रशिक्षक सानुबाबु सुनुवार, पर्वतारोही प्रकाश पाण्डे, पर्यटन व्यवसायी राधाकृष्ण थापा, पत्रकार सुरेश न्यौपाने लगायतले प्यानलिष्टमा भाग लिएका थिए ।

कार्यक्रमलाइ नेपाल प्रेस डट कमका प्रधान सम्पादक मातृका पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांश व्याक्तिहरुले लुक्ला जान बिकल्प मन्थली स्थाइ रुपमा हुनुपर्नेमा जोड दिएका थिए ।

लामो समय लगाएर गरिएको कार्यक्रममा मन्थली नगरपालिका भित्र भएका र आसपासका पालिकाहरुमा समेत पर्यटनको सम्भावना रहेको बृत्तचित्र देखाइएको थियो । कार्यक्रमको प्रमुख भुमिकामा रहेका मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले कार्यक्रमा उपस्थित भएका सवैलाई धन्यवाद दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend