logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त


  • जन आकाश
  • आइतबार, असार २४ २०८१

काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।



आइतवार अपील जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित् निर्माण कम्पनीहरू /व्यवसायीहरूलाई यथाशिघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ ।

साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित् सबै निकायलाई आ आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न हुन महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई हार्दिक अपील गरेको छ ।

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको यस अभियानमा सक्रिय रुपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend