logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

चिरख्वा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारणसभा सम्पन्न


  • जन आकाश
  • आइतबार, असार २४ २०८१

काठमाण्डौ । चिरख्खा हाइड्रोपावर लिमिटेडको पाँचौ साधारणसभा क्वालिटी ब्याङक्वेट बुद्धनगरमा सम्पन्न भएको छ । आज सम्पन्न साधारण सभाको अध्यक्षता चिरख्वा हाइड्रोपावर लिमिटेडका अध्यक्ष दीपक राइले गरेका थिए ।



कार्यक्रममा संचालकहरु क्रमश वरिष्ठ अधिबक्क्ता केदार कार्की, गणेशमानसिंह कार्की, दावा जाङमु श्रेष्ठ लामा, स्वतन्त्र संचालक पहाड श्रेष्ठ, पब्लिक संचालक प्रतिक्षा पौडेल, आन्नदमणि रावल लगायत विभिन्न शेयरधनीहरुको बाक्लो उपस्थीति रहेको थियो ।

कार्यक्रमको उद्घाटन हाइड्रोपावरका अध्यक्ष दीपक राइले पानसमा बत्ति बालेर गरेका थिए । अध्यक्ष राइले कार्यक्रममा बोल्दै कम्पनीको अधिकृत, जारी तथा चुक्क्ता पुँजी रु ४० करोड रहेको बताए ।

उनले कम्पनीको जारी पुँजीको ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्बसाधारणलाई छुट्याउने निर्णय बमाजिम संस्थापक शेयरधनीहरुको २८ करोड र सर्वसाधारणको १२ करोड लगानी भएको बताए ।

त्यसैगरी अध्यक्ष राइले कम्पनीको आयोजना माथिल्लो चिरख्वा खोला जलविधुत आयोजना (४.७ मेगावाट) निर्माण गर्नका लागि राष्ट्रिय बाणिज्य बैकसँग वित्तिय समझदारी रहेको बताए ।

कार्यक्रममा बोल्दै कम्पनीका संस्थापक अध्यक्ष तथा बत्र्तमान संचालक केदार कार्कीले स्थानीयबासीलाई १० प्रतिशत शेयर व्यवस्था गरेको बताए ।

उनले भर्ने हामी अब्बल खालको कम्पनी बनाउने कोशिसमा छौ । प्रोजेक्ट बलियो होस् भनेर हामीले गुणस्तरीय सामान प्रयोग गरेक छौ ।”

कार्कीले शेयरधनीहरुको सकारात्मक सुझाव प्रति आभार ब्यक्त गरेका छन् ।

सेयरधनीको तर्फबाट शत्रुघन श्रेष्ठ, डम्बरु बल्लभ घिमिरे, बैजुनाथ रौनियार, सुदिप श्रेष्ठ, गोविन्द केसी, इन्द्रकृष्ण श्रेष्ठ, निरुपमा लगायतले आफना सुझाव प्रकट गरेका थिए ।

कार्यक्रममा दावा जाङमु श्रेष्ठ (लामा)ले अतिथि महानुभावहरुलाई स्वागत गरेकी थिइन् । कार्यक्रमको सञ्चालन कम्पनी सचिव डीपी तिम्सिनाले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend