logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

भारतीय प्रधानमन्त्री र रुसी राष्ट्रपतिबीच भेटवार्ता


  • जन आकाश
  • मंगलबार, असार २६ २०८१

मस्को । रुसको दुई दिने भ्रमणका लागि सोमबार मस्को पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री मोदीले सोसल मिडिया प्लेटफर्म एक्सको ह्यान्डलमा भेटका केही तस्बिरहरू पोस्ट गरेका छन्।



यी तस्बिरहरूसँग मोदीले लेखेका छन्, ‘नोभो-ओगार्योभोमा राष्ट्रपति पुटिनको आतिथ्यताका लागि कृतज्ञ छु। मंगलबार पनि हाम्रो वार्ताको प्रतीक्षा गर्दै, जुन भारत र रुसबिचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन निश्चित रूपमा उपयोगी साबित हुनेछ।’

रुसको सरकारी मिडिया स्पुतनिकले दुई नेताबिच भएको कुराकानीको भिडियो सार्वजनिक गरेको छ । भेटमा पुटिनले नरेन्द्र मोदीलाई तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भएकोमा बधाई दिँदै भनेका छन्, ‘मलाई लाग्छ यो संयोग होइन, सरकारको प्रमुखका रूपमा तपाईंको धेरै वर्षको कामको यो परिणाम हो ।’

‘तपाईंसँग आफ्नो विचार छ, तपाईं एक ऊर्जावान् व्यक्ति हुनुहुन्छ, तपाईंलाई थाहा छ कि कसरी भारत र भारतका जनताको हितमा नतिजा प्राप्त गर्ने भनेर । आर्थिक मोर्चामा, भारत तेस्रो ठुलो अर्थतन्त्र बन्नेमा विश्वस्त छ।  र अहिले यो देखिएको छ। जनसङ्ख्याको हिसाबले संसारको सबैभन्दा ठुलो देश पनि हो ।’

रुस र अस्ट्रियाको तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री मोदी सोमबार मस्को पुगेका हुन् । प्रधानमन्त्री मोदी २२ औँ भारत-रुस वार्षिक सम्मेलनमा सहभागी हुनेछन्। रुस पुगेपछि मोदीलाई ‘गार्ड अफ अनर’ पनि दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend