जन आकाश
गोकुलगंगा गाउँपालिका सामुदायिक वन महासंघका अध्यक्ष ताम्राध्वज कार्कीको अगुवाइमा गोकुलगंगा गाउँपालिका वाडन ३ दोका खर्क सामुदायिक वन र जुम्लाह भित्ता सामुदायिक वनमा २००० भन्दा बढी संख्यामा डालेघास वृक्षरोपन सम्पन्न भएको छ ।
यहि असार २४, २५ र २६ गते तिनदिन लगाएर उक्त बृक्ष रोपन गरिएको बृक्षरोपनको अगुवाई गरेका ताम्राध्वज कार्कीले जानकारी दिएका ह्रून् ।
देशका बिभिन्न सामुदायिक वनहरु समयमा अद्यावधिक नहुने समस्या देशभरी नै छ । त्यस्तै समस्या रामेछापका सामुदायिक वन दर्ता गरेर सञ्चालन गरेका संस्थाहरुमा पनि छन् । तर गोकुलगंगा गाउँपालिका सामुदायिक वन महासंघको नेतृत्व गर्न अध्यक्षको रुपमा ताम्राध्वज कार्की आएपछि गोकुलगंगा गाउँपालिका भित्र रहेका ३९ वटा उपभोक्ता सामुदायिकहरुलाई सक्रिय बनाई अद्यावधिक गराउन सफल भएका छन् ।
ताम्राध्वज कार्कीले विगतमा पनि सामाजिक कामहरु गर्दै आएकाछन् । उनको योगदान गोकुलगंगा गाउँपालिकामा मात्र नभएर बागमती प्रदेश तथा देशको लागि नै साह्नीय भएको त्यहाका स्थानीयले बताउने गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend