जन आकाश
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र विभागले ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानले पहिलोचोटि तनाव व्यवस्थापनको बारेमा विमर्श गरेको हो।
तनावको सैद्धान्तिक र व्यवहारिक पक्षलाई व्यवस्थापन गर्नु आजको आवश्यकता हो। यो समाजसँग सम्बन्धित विषय हो ।समाजलाई सकारात्मक ढङ्गले अघि बढाउन तनावको व्यवस्थापन अनिवार्य रहेको बताएका थिए ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले अहिलेको समाजमा तनाव व्यवस्थापन जटिल हुँदै गएको छ ।मानिसहरू तनावले कहीँ न कहीँ गाँजिन पुगेको देखिन्छ। सुख-सुविधा जति भए पनि मानिसमा देखापर्ने अशान्ति नै तनाव हो । यसको व्यवस्थापनमा व्यक्ति वा समाज आफैँ सजग हुनुपर्ने देखिन्छ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा कार्यक्रमका सभाध्यक्ष डा. कौशिला रिसालले तनाव हाम्रो जीवनचर्या र मनसँग जोडिएको विषय हो भनेका थिए ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.भागवत आचार्यले ‘भावनात्मक बुद्धिमत्ता र तनाव व्यवस्थापन’विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले साक्षी भावको अभावले तनाव बढ्ने गरेको सुनाउदै अशान्ति,द्वन्द , चिच्च्याहट,अनिद्रा र नकारात्मक सोचाइआदि कारणले तनाव बढ्ने गरेको पाइन्छ ।तनाव व्यवस्थापन पनि आफैँभित्र रहेको बताएका थिए ।
प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य धर्मेन्द्र पोखरेल र प्रकाश तिवारीलगायतले कार्यपत्रमाथि आआफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रमको उद्घोषण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend