logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सवै मिलेपछि मात्र नगरको विकास हुन्छः मेयर न्यौपाने


  • जन आकाश
  • आइतबार, असार ३१ २०८१

oplus_2

मोहन कार्की
रामेछाप । रामेछाप नगरपालिकाका मेयर लवश्री न्यौपानेले सवै मिलेर नगरको विकास गरे मात्र सफलता हाशिल गर्न सकिने बताएका छन् । उनले रामेछाप नगरपालिकाको २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइको अवसरमा यस्तो कुरा बताएका हुन् । सार्वजनिक सुनुवाईमा जवाफदेहीको रुपमा बोलाइएका जनप्रतिनिधिहरु मेयर, उपमेयर वडा अध्यक्षहरु राजनीतिक दलका प्रतिनिधिहरु, रामेछाप नगरपालिका भित्र रहेका सरकारी कार्यलयका कार्यालय प्रमुखहरु लगायत रहेका थिए ।



त्यस सार्वजनिक सुनुवाईको जवाफदेहीको रुपमा आएकी उपमेयर बाला कुमारी कार्कीले कार्यक्रममा उपस्थित सवैलाई स्वागत गर्नुको साथै न्यायिक क्षेत्रमा वडास्तरमा नै बिभाजन गरी गरिएको कार्यक्रम सफल भएको र त्यसैगरी बालबालिकाको क्षेत्रमा पनि त्यतिकै मात्रमा प्रभावकारी कार्य सम्पादन सफल भएको भनाई राखेकी थिइन ।

नगरको तेस्रो प्रतिवेदन त्यसै नगरपालिकाका सूचना अधिकारी होम बहादु थापाले प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनुवाई २०७२ सालको संविधानले व्यवस्था गरे अनुसार स्थानीय अधिकार भित्र नागरिकहरुले प्रत्यक्ष आफ्ना क्षेत्रभित्र भएका गतिविधि पारदर्शि छकि छैन ? सेवा सुविधामा सुधार गर्नुपर्ने वा जनताले दिएका सुझाव कार्यन्वयन भएको छकि छैन जस्ता विषयमा सवैले सुन्ने, देख्ने गरी सार्वजनिक रुपमा नै छलफल गर्ने प्रचलन रहेको छ । यो सार्वजनिक सुुनुवाईको प्रचनल नगर्ने पालिकाहरुले लिजामा नम्बर समेत नपाउने व्यवास्था छ ।
त्यसकारण औपचारिक पु¥याउनकै लागि भएपनि सार्वजनिक सुनुवाई नेपालका ७५३ वटै स्थानीय निकायहरुले गर्ने गरेका छन् ।

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाई फरक देखियो

आम नागरिकहरुलाई सार्वजनिक सुनुवाईमा सहभागिताको लागि बोलााइएको, सवै राजनीतिक दललाई एउटै मञ्चमा राखेर कार्यक्रम गरी सवै दलका धारणा राख्न दिएको थियो ।यसरी सवै दलका सवै प्रतिनिधि एउटै मञ्चमा सौहार्दापूर्ण रही कार्यक्रम गर्नुनै अन्य पालिका भन्दा फरक रहेको थियो । वास्तमा प्रजातान्त्रिक अभ्यास भएको अनुभूत गरान्थ्यो ।

तर सोचेभन्दा बढी समय लागेको हुनाले पट्यार लाग्दो भएको थियो । सार्वजनिक सुनुवाईमा युवा पुस्ताहरुले खुलेर प्रश्न राखेका थिए । जो जुन विषयसँग सम्बन्धित थियो तिनै विषयका विज्ञहरुले उत्तर दिएका थिए । प्रश्नकर्ताहरु वाडन १ का संजय कुमार थापा, वाडन ७ का सन्तोष खड्का, वाडन ८ की अपना श्रेष्ठ, वाडन ८ कै शारदा तामाङ, लगायत रहेका थिए ।

राजनीतिक दलका नेतृत्वहरुको मञ्चमा सौहार्दा प्रश्नहरु
नेकपा एमालेका नगर कमिटी अध्यक्ष रोशन पाख्रिनले नगरको विकासमा सवै एकढिक्का भएर अगाडी बढ्नुपर्ने विचार राखेका थिए साथै उनले आलोचनात्मक ढंगवाट विगतका सार्वजनिक सुनुवाईमा उठाएका कुराहरु पुरा गर्न नसकेको हुनाले नगरका लवश्री मेयर असफल नै भएको टिप्पणी गरेका थिए । त्यसैगरी नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मोतीलाल तामाङले चितवनमा भएको पैरोमा परी निधन भएका मानिसलाई श्रद्धाञ्जली अर्पण गरेर सम्बोधन शुरु गरी पार्टीको धारणा राखेका थिए । नेकपा एकीकृत समाजवादीका ढाल बहादुर कार्कीले पनि कृषिको क्षेत्रमा समस्या देखिएको मल, विउ, विजन र शिक्षाको क्षेत्रमा गर्नुपर्ने सुधारको वारेमा मञ्चवाट प्रश्न उठाएका थिए । नेपाली काँग्रेसका नगर सचिव सुशिलहरि बख्रेलले प्रश्नको लागि प्रश्न गर्ने थलो मात्र नगरपालिकालाई बनाउने कि  तमाम युवाहरु लाईन बसेर विदेश गईरहेका छन् । त्यसको वारेमा पनि सोच्ने चोकमा मुठ्ठी उठाएर भाषण गरेका मुरा राजनीतिक दलले व्यवहारमा लागु गर्न नसकेको हुनाले देशको यो अवस्था भएको भन्दै उत्साहका साथ विपीकाे नाम समेत लिएर राजनीतिक पार्टीहरु नसच्चिने हो भने आउदा दिनमा झनै खतरा हुने धाराणा राखेका थिए । यि माथि धारणा राख्ने उल्लेखित नामहरु राजनीतिक दलको प्रतिनिधित्व गरी सवाफदेही वक्ताको रुपमा आएका व्याक्तित्वहरु हुन् ।

जवाफदेहीको रुपमा आएका नगर प्रवक्ता समेत रहेका ७ न वडा अध्यक्ष समिर कार्कीले नगरपालिकाले गरेका कामहरुमा कतिपय राजनीतिक आस्था राखेर बाटो बनाइएको ठाउमा सोलिङ त्यहाकै फरक विचार राख्ने पार्टीका कार्यकर्ताले भत्काएको नगरले सकेजति सवै प्रक्रिया अवलम्बन गरेर काम गरेको धारणा सवै वडा अध्याक्षको प्रतिनिधित्व गरी सम्बोधन गरेका थिए ।

कर्मचारीहरुले गरेका काम शाखाहरु प्रति उठेका प्रश्नहरुको सम्बन्धित शाखाहरुका प्रमुुखहरुले दिएका थिए । सेलेघाट सागुटार विपी हाइवेको वारेमा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले दिएका थिए । उनले भनेका छन् । यो संघिय सरकारको योजना भएको हुनाले नगरपालिकाले एउटा ढुङगा समेत राख्ने अधिकार हामीलाई छैन । तर यो आयोजना ढिलो हुदा यहाका जनताले पाईराखेको दुखः देखेर सम्बन्धित निकायलमा पहल भने सक्दो प¥यास भईरहेको बताएका थिए ।

उक्त सार्वजनिक सुनुवाईको सहजीकरण गजुरको रेडियो रामेछापले गरेको थियो कार्यक्रमको सञ्चालन रिता घिमिरेले गरेकी थिइन । अन्तमा कार्यत्रमको समापनमा सम्बोधन गरेका मेयर लवश्री न्यौपानेले पाँच औलाको उदारण दिदै सवै औला मिलेर लड्ड बन्ने तर एउटा एउटा औलाले केही पनि नबन्ने त्यसैले सवै मिलेर नगरको विकास गरौं भन्दै आग्रह गरेर कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिई समापन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend