logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

सहिद चिनियाँलालको जन्मजयन्ती सम्पन्न


  • जन आकाश
  • बिहिबार, साउन ३ २०८१

काठमाण्डौ । प्रथम शिक्षासहिद चिनीयाँलाल सिंहको ११८ औं जन्मजयन्ती, पुर्व मन्त्री झलकनाथ वाग्लेको प्रमूख आतिथ्यमा तथा शहिद चिनियाँलाल तथा उषा सिंह स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. रामकुमार पाँडेको सभापतित्वमा राजधानीमा एक कार्यक्रम गरी मनाइएको छ । सो कार्यक्रमका अन्य अतिथिहरुमा कलाकार जे.पापी, राष्ट्रवादी अभियन्ता माधव प्रसाद लामिछाने, नेपाली काँग्रेसका युवा नेता केशव सिंह ठकुरी, राष्ट्रवादी अभियन्ता पारुहाङ्ग कुथुमी राई रहेका थिए ।



स्वागत मन्तव्य व्यक्त गर्दै सोहि संस्थाका महासचिव प्रा.डा. यादव प्रसाद ढुंगानाले २००७ सालको प्रजातन्त्र स्थापना गर्नको निमित्त काठमाण्डौको खिउल टोलमा चिनियाँ लालले महाविर इन्स्टिच्यूट नामक विद्यालय स्थापना गरेको र सो स्कूलमा सहिद धर्मभक्त, दशरथ चन्द लगायतका महान राजनीतिज्ञ, साहित्यकारहरुले अध्ययन गरेको कारण चिनियालाल लाई तत्कालिन राणा प्रशासकहरुले आजिवन कारावास दिइएको र चिनियाँलालको जेलमा नै बिभिन्न रोग लागेर मृत्यु भएको बताउँदै शहिदको सपना देश बनाउने रहेको र सो दायित्व पुरा गर्न राष्ट्रियता, प्रजातन्त्र प्रति प्रतिबद्ध भै देश जोगाउने दायित्व हामीमा आएको बताएका थिए ।

शहिद चिनियाँलालको फोटोमा उपस्थित अतिथीहरुबाट माल्र्यापणका साथ द्विप प्रज्वलन तथा मौन धारण गरी अगाडी बढाइएको सो कार्यक्रममा कलाकार जे.पापीबाट राष्ट्रियता सम्बन्धि गीत प्रस्तुत गरियो भने अतिथि माधव प्रसाद लामिछानेबाट मोफसलमा पनी यस्ता शहिद हुन सक्ने हुदा तिनको खोजी गर्न संस्थालाई सुझाव दिएका थिए । प्रतिष्ठानका सदस्य विनोद आचार्यबाट मन्तव्यको क्रममा राजा विरेन्द्रका कार्यकालमा नेपाल शान्ति क्षेत्र घोषण भएको मुलुक थियो, शान्त देश थियो भनी शान्तिक्षेत्र माथि प्रकाश पारेका थिए । साथै सोहि संस्थाका सदस्य बलराम गौतमले कविता वाचन गरेका थ्एि ।

कार्यक्रमका अतिथि गायक, कलाकार राष्ट्रवादी अभियन्ता पारुहाङ्ग कुथुमी राईबाट राष्ट्रवादी गीत प्रस्तुत गरी अगाडी बढेको सो कार्यक्रममा बिपी कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य रोमन पुरीबाट मन्तव्य व्यक्त गरिएको थियो ।

कार्यक्रममा उपस्थित जेष्ठ नागरिक विष्णु बहादुर तण्डुकारलाई सम्मान गरे पश्चात् सो कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री झलकनाथ वाग्लेले आफ्नो मन्तव्यमा वर्तमान संविधानलाई परिमार्जन गर्न संविधान सुधार सुझाव आयोग गठन गर्न आवश्यक भै सकेको बताउदै यो संविधान रहेसम्म नेपाल राष्ट्र समाप्त हुने खतरा रहेको हुदा यो नेपाल राष्ट्रलाई जोगाउन हाम्रा पुर्खाहरुले जस्तो प्रकारको योगदान दिएका थिए र हामी नाति पुस्तामा मुलुकलाई वचाउन जे सपना देखेका थिए त्यो सपना पुरा गर्न जरुरी भै सकेको महत्वपूर्ण धारणा कार्यक्रममा राखेका थिए ।

सामाजिक अभियन्ता शंकर मघैयाबाट मन्तव्य प्रस्तुत गरी सकेपछि सो कार्यक्रमका सभापति प्रा.डा. रामकुमार पाँडेले आफ्नो मन्तव्यमा मुलकलाई शीरमा, राजालाई काँधमा, नेतालाई आँखामा राख्ने व्यवस्थाको नेपालमा जरुरी भै सकेको बताउँदै सो प्रकारको व्यवस्था नेपालमा स्थापना गर्ने दिशामा हामी सवै अगाडी बढौं भनि सो कार्यक्रमको समापन गर्नु भयो । शीशिर योगीद्वारा गाइएको राष्ट्रवादी गीत प्रस्तुत गर्दै सो कार्यक्रमको संचालन सोही संस्थाकी कोषाध्यक्ष सरस्वती पन्त भट्टराईबाट रोचक शैलीमा भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend