logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद् गठन


  • जन आकाश
  • बुधबार, साउन ९ २०८१

बुटवल । लुम्बिनीमा ९ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन् ।



मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका र कांग्रेसका चार चार जना मन्त्रीहरुलाई नियुक्त गरी मन्त्रिपरिषद गठन गरेका हुन् । मन्त्रीहरुको जिम्मेवारी तोकिएको छैन । साना दलहरुलाई पनि समेट्ने प्रयास भइरहेकाले केही दिनपछि मात्र जिम्मेवारी तोकिने स्रोतले बतायो ।

नेकपा एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले मन्त्रीको शपथ ग्रहण गरेका छन् ।

यसैगरी नेपाली कांग्रेसबाट गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीले मन्त्री पदको शपथ ग्रहण गरेका छन् ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend