जन आकाश
काठमाडौं । पशुपति मित्र मा. वि मा विद्यार्थीहरुको खेलमैदान मासेर वडा न. ७ ले मित्रमण्डल बनाउदै गर्दा , यो कार्य प्रति केही आवाज विद्यार्थीहरुको तर्फबाट आएर शिक्षा विभाग र मेयर सचिवालयलाई सम्पर्क राखेपछि उक्त समस्या समाधान गर्नका लागि महानगरको टोलि र शिक्षा विभाग विद्यालयमा प्रवेश गरेर यो कार्य बन्द गरिएको छ।
यहाँको सामान उक्त महानगर टोलिले लगेर गएको छ। पशुपति मित्र मा. वि को लागि सधैं अग्रसर रहेको कुरा र यस क्षेत्रको स्थानीय बासिन्दा नभए पनि शैक्षिक संस्थाको हितका लागि आफू यसै विद्यालयमा पढेको र अभिभावकको नाताले सधैं राम्रो पक्षमा सहयोग गर्ने र नराम्रो पक्षमा विरोध गर्ने कुरा देवजङ्ग शाहिले बताएका छन् ।
विद्यालयमा स्थानीय तह र विद्यालय शिक्षकहरुलाई राजनीति हिसाबले काम नगर्न,विद्यालय राम्रो र गुणस्तरीय बनाउनको लागि त्यहाँका शिक्षकहरु, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समिती एकजुट हुनुपर्ने कुरा पनि शाहिले बताएका छन् ।
एउटा् विद्यार्थीले विद्यालयको हितका लागि आवाज उठाउदै गर्दा विद्यालय परिवार भित्र नै दुई पक्ष व्यक्ति रहेको,यस्ता व्यक्तिहरुले विद्यार्थीहरु र विद्यालयको भविष्य कसरी निर्माण गर्छन् भन्ने कुरा देवजङ्ग शाहिले बताएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend