logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

रामेछापको फर्पुमा पहिरोले घर बगाउँदा तीन जना किशोरीको ज्यान गयो


  • जन आकाश
  • शुक्रबार, साउन ११ २०८१

काठमाडौं– रामेछापको फर्पुमा पहिरोले घरसहित बगाउँदा तीन जना किशोरीको ज्यान गएको छ । उनीहरूलाई घरमाथिबाट आएको पहिरोले घरसहित बगाएको हो ।



गए राति ८ः४० बजेको समयमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पु बस्ने विमान तामाङको घरमाथि देखि झरेको पहिरोले उनकी छोरीसहित दुई छिमेकीका छोरीहरू समेत बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको हो ।

साँझको समयमा घर भित्र रहेकी विमान तामाङकी छोरी १८ वर्षीय सिता तामाङ, छिमेकीकी १५ वर्षीय आशिका दोङ र पदम १३ वर्षीय लक्ष्मी तामाङलाई माथिबाट आएको पहिरोले बगाएको हो ।

पहिरोले बेपत्ता बनाएको खबर प्राप्त हुने बित्तिक खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा तीनै जना किशोरीलाई मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाकारी गराएको हो ।

बर्खा लागेसँगै साना तिना पहिरो बाहेक ठुलो घटना नभएको रामेछापमा एक्काशी पहिरो जाँदा फर्पुमा विमान तामाङसँगै छिमेकी पेमा तामाङ र पदम तामाङका छोरीहरू पहिरोमा परेका हुन् ।

घरसंगै बगेका तीनै जना किशोरीहरूलाई स्थानीय र प्रहरीसहित टोलीले खोजी गर्ने क्रममा राति आधा घण्टा पछि मृत फेला पारेको हो । मृतक तीनै जना किशोरीहरुको शव आज पोष्ट मार्टम गरेर परिवारको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend