जन आकाश
इनिश बुढाथोकी
काठमाडौ । रामोछाप सांस्कृतिक कलाकार समाजको १५ औ अधिवेशनको उदघाटन सम्पन्न भएको छ । समाजका अध्यक्ष कुमार कार्कीको सभापतित्वमा भएको कार्यmक्रमा प्रमुख अतिथि समाजकै सस्थापक अध्यक्ष अमृत बहादुर सुनुुवारको प्रमुख आतिथ्यमा, विशिष्ट अतिििथहरुमा नेपाल सरकारका उपसचिव अमरदीप सुनुवार, यसै जन आकाश साप्ताहिकका प्रधान सम्पादक तथा जन आकाश मिडियाका अध्यक्ष मोहन कार्की, अतिथिहरुमा पुर्व अध्यक्ष प्रकार कटुवाल, राम कुमार पौडेल, सस्थापक कार्यसमिति सदस्य राजेन्द्र कुमार कार्की लगायतको आतिथ्यमा उदघाटन शत्र शुरु भएको थियो ।
काठमाडौको कोटेश्वरस्थित सुनुवार सेवा समाज संघीय समिति भवनमा भएको कार्यक्रममा रामेछापका कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अमृत बहादुर सुनुवारले बिगतमा रामेछापका कलाकारहरुको हितको लािग रामेछाप सांस्कृतिक कलाकार समाज स्थापना कालमा निक्कै कठिनायीहरु व्यहार्नु परेता पनि हाल यति धेरै रामेछापका कालाकारहरुको उत्साहजनक उपस्थितिले मलाई गर्व लागेको सम्बोधन गर्दै बताएका छन् ।
कार्यक्रममालाई खुला शत्र र बन्द शत्र गरी दुई भागमा बिभाजन गरिएको छ । दोस्रो सर्तले नयाँ कार्यसमिति चयन गर्ने तयारी भईरहेको छ । यदी कारणवस आज सर्व सहमती हुन सकेन भने भोली स्वास्थ प्रतिस्पर्धावाट नयाँ कार्यसमिति चयन हुने त्यसै संस्थाका महासचिव गौविन्द गौतमले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend