logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

निर्माण व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने खानेपानी मन्त्रीको प्रतिबद्धता


  • जन आकाश
  • शुक्रबार, साउन ११ २०८१

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले निर्माण व्यवसायीहरूको समस्याबारे आफू जानकार रहेको बताउँदै समस्या समाधानका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रवार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री यादवले महासंघले उठाएका भुक्तानी लगायतका मागहरू जायज रहेको बताएका थिए ।



निर्माण उद्योगको समग्र विकासका लागि महासंघले दिएको सुझावहरू राज्यका लागि नै लाभदायक भएको प्रतिपक्रया दिदै मन्त्रीले वर्तमान सरकारबाट नेपाली जनताले ठूलो अपेक्षा राखेको भन्दै मन्त्री यादवले यो सरकारलाई कुनै पनि हालतमा असफल हुने छुट नरहेको बताए । महासंघ अध्यक्ष रवि सिंहले व्यवसायीहरूले पाउन बाँकी रहेको भुक्तानी, ठेक्का तोडिँदा व्यवसायीमाथि हुने अन्याय लगायतका विषयमा मन्त्री यादवको ध्यानाकर्षण गराएका थिए ।

अध्यक्ष सिंहले सबै किसिमका खानेपानी आयोजनाको निर्माण गर्न स्वदेशी व्यवसायी नै सक्षम भएकाले विदेशी निर्माण व्यवसायी आवश्यक नभएको जानकारी मन्त्री यादवलाई गराएका थिए। शुक्रवार सार्वजनिक भएको मौद्रिक नीति निर्माण व्यवसायी मैत्री भएको प्रतिक्रिया दिँदै अध्यक्ष सिंहले अब कार्यविधि पनि सोही अनुरुप आउनुपर्ने धारणा राखेका थिए ।

महासंघ प्रतिनिधिमण्डलले माननीय मन्त्री यादवको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गरेको छ । प्रतिनिधिमण्डलमा महासंघका पदाधिकारी तथा कार्य समिति सदस्यहरू पनि भेटघाट तथा शुभकामना दिन संयुक्त रुपमा पुगेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend