logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

पुष्पलालको फोटो माथिको राजनीति कहिले सम्म ?


  • जन आकाश
  • मंगलबार, साउन १५ २०८१

oplus_2

मोहन कार्की ।
नेपालका तर भारतमा नेपालको कम्युनिष्ट पार्टी खोलेर संस्थापक महासचिव भएका पुष्पलाल श्रेष्ठको ४२ औ स्मृति दिवश बिभिन्न राजनीतिक पार्टीहरुले मनाएका छन् । आ–आफ्नो अनुकुलता आफ्नै तरिकाले ब्याख्या गर्दै पुप्ष्लालको स्मृति दिवशहरु मनाईरहेका छन् । मनाउने क्रम जारी नै छ । त्यसै गरी विपी स्मृति दिवश पनि आउदैछ । सायद लोकतान्त्रिक आस्था राख्ने पार्टीहरुले पनि विपीको नाममा त्यसै गर्लान् ।



यतिवेला पुष्पलालको धमाधम कार्यक्रम स्कृति मनाई राखेका छन् । कतिपयले मनाई सके कतिपयले कार्यक्रमको अझै पनि आयोजना गर्दै छन् । तर नेपालका कम्युष्टि पार्टीको हशिया हथौडा झण्डा बोकेर मजदुर, किसानको नाममा गरिने भाषण, वैठकले त नेपालका होटल व्यावसायीका होटल चले होलान् । पार्टी प्यालेसले काम पाए होलान् । तर वास्तविक मजदुरी गरेर जिवन जिउनेका छोराछोरी विदेशी भुमिमा काम गर्न जान दिनकै एयरपोर्टमा लाइन बसेको देखिन्छ ।

त्यही लाईनमा उपल्लो बर्गको भनिएको समुदायका छोराछोरी पढ्को लागि भनेर त्यही लाइनमा अलि विससित देशमा जान लाइनमै देखिन्छ । यता राजनीतिक पार्टी जो विगतमा कम्युनिष्ट या काँग्रेस जो जो स्थापना कालमा महासचिव, केन्द्रिय सदस्य तथा सभापति, उपसभापति केन्द्रिय सदस्य थिए । त्यसमध्य स्वर्गीय भएका वाहेक नमरुणजेल तिनै पार्टीका खाबाहरु समातेर बसेका देखिन्छन् । तिनै व्याक्तिहरु आलोपालो कहिले बहुमत, कहिले अल्पमत, कहिले के कहिले केही वाहानामा सत्तामा गएको देखिन्छ ।

सत्तामा मन्त्री खाईरहनाको लागि पार्टी फुटाउने पार्टी एकता गर्ने जस्ता कामहरु पनि यिनै पुराना नेतृत्व गर्ने पार्टीका व्याक्तिहरुले गरेको देखिन्छ । तिनै मानिसहरु विशेष गरेर कम्युनिष्ट झण्डाको मुनि बसेर धेरै वटा पार्टी बनाउनेहरु पनि यस्तै मानिसहरु नै देखिन्छन् ।

तर बर्षको एकचोटी रामेछापमा जन्मेर राणा शासनको विरुद्धमा लागेका र राणा शासनले फासी दिई सहिद बनाएका गंगालाल श्रेष्ठका भाई पुष्पलाल श्रेष्ठले २००६ सालमा त्यतिवेलाको नेपाली काँग्रेस पार्टी छोडेर नेपाल कम्युनिष्ट पार्टी को संस्थापक महासचिवको पदीय जिम्मेवारीमा पार्टी खोलेका थिय । त्यसैको आधारमा नेपालका कम्युनिष्ट पार्टीहरुले पुष्पलाललाई सम्झने गरेका छन् । सानो संख्यामा रामेछाप जिल्लामा समेत पुष्पलालको स्मृतिमा कार्यक्रमहरु हुने गरेका छन् । भने काठमाडौका भएका सत्तामा रहेको नेकपा एमाले, सत्तामा नरहेको नेकपा एकीकृत समाजवादी, नेकपा माले, नेकपा माक्सवादी थैव समूह, नेकपा ऋषि कटेल समूह लागयत पार्टीहरुको कार्यक्रम हरेक बर्ष पुष्पलालको नाममा स्मृतिसभा कार्यक्रमको आयोजना गरी पुष्पलालको फोटोमा माला चढाई सम्झने गरेको देखिन्छ ।

अरु वेला फरक फरक दशवटा जति कम्युनिष्ट पार्टीको नाममा छुट्टाछुट्टै नेतृत्व गर्ने तर पुष्पलालको स्मृतिमा एउटै मञ्चमा आएर भाषण गर्न भने लजाउदैनन् । त्यस्तै घटना यहि २०८१ साल १२ गते नेपाल प्रज्ञाप्रतिष्ठान सिद्धिचरण सभाकक्षमा पनि भएको देखियो ।

जाहा नेकपा माले स्थापनाकालमा स्थाई कमिटीमा सँगै रहेका सिपी मैनाली, बामदेव गौतम, माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवचन दिन आएका थिए। भने पुष्पलाललाई कुनै वेला गद्दार भनेर माओवादी जनयुद्धकालमा भाषण दिने प्रचण्ड, सिपी गजुरेल त्यस मञ्चमासँगै बसेका थिए । आएका जति सवैले पुष्पालालको योगदानको वारेमा चर्चा गरेका थिए ।

तर नेकपा एमालेका वरिष्ठ नेता भीम रावलले कम्युष्टि पार्टी लेख्ने तर चुनाव आउदा भोट केमा हलोमा भनेर हिड्ने । गठवन्धन गर्ने, झण्डा एउटाको बोक्ने, मत अर्कोलाई माग्ने, विचार अर्कोतिर मत आर्कोतिर यो देख्दा पुष्पलालले परिकल्पना गरेको मजदुर र किसानले मुक्ति नपाएसम्म समाजवाद आउदैन भनेको कुरा यहि हो भन्दै कटाक्ष गरेका थिय ।

अहिले तथष्ठ रुपमा रहेका बामदेव गौतमले कम्युनिष्ट एकताको आवह्न गरेका थिए । अर्का नेकपा मालेका महासचिवले सिपी मैनालीले २०३९ सालमा आफुलाई राजिनामा दिदा स्वीकृत नगरेर कारवाही गरी अन्याय गरेको र अहिलेसम्म नेकपा एमालेले त्यो लिष्टवाट नहटाएको बैचारिक भिन्नताहरु रहेको मञ्चमा प्रबचनका त्रममा अभिव्याक्त गरेका थिए ।

झलनाथ खनाल, माधव नेपाल, सिपी गजुरेल, पुष्पकमल दाहालले पनि प्रर्वचन दिएका थिए । कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको थियो उक्त प्रतिष्ठानको अध्यक्ष पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रहेका छन् ।

माथि उल्लेखित व्याक्तित्वहरुले व्यक्त गरेका धाराणाहरुले पनि नेपालका कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको फोटो माथि राजनीति मात्र भइराखेको छ कि भन्ने प्रश्न सहजै उठेको देखिन्छ ।

यस्ता विगतमा भएका कमजोरीहरुलाई सुधार गरेर आउदा दिनमा कम्युनिष्ट भन्ने पार्टीहरुले उत्तरदाईत्व वोध गर्ने पो होकि ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend