logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्धारा पद तथा गोपनियताको शपथ ग्रहण


  • जन आकाश
  • बुधबार, साउन १६ २०८१

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति कुसुमदेवी थापाले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । बुधवार उनले समितिको सभा कक्षमा शपथग्रहण गरेकी हुन् ।



सभामुख देवराज घिमिरेले सभापति थापालाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका हुन् ।  डा.आरजु देउवा राणा परराष्ट्र मन्त्री बनेपछि रिक्त सभापति पदमा थापा निर्विरोध चयन भएकी हुन् । शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति थापाले समितिका काम कारबाहीलाई चुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend