logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

राजनीति पार्टीप्रति जनताको बितृष्णा बढ्दो


  • जन आकाश
  • सोमबार, साउन २१ २०८१

मोहन कार्की ।
नेपालका राजनीतिक पार्टीहरुले आयोजना गरेको कार्यक्रममा अचेल आम मानिसहरु हत्तपती जादैनन् गएपनि राजनीतिक पार्टीका नेताले गरेको भाषण, गफ त्यति मन लगाएर सुन्दैनन् । राजनीतिक पार्टीका नेताले भाषण गरीरहेका हुन्छन् । जनताहरु अर्कोतिर गफ गरिरहेका हुन्छन् । नेपालको राजनीतिक पार्टीहरुलाई हेर्ने पछिल्लो चित्र यस्तो खालका बन्दै गएको देखिन्छ ।
यस्तो वातावरण देशको दिक्क लाग्दो अवस्थाले सिर्जना गरेको आम मानिसहरुले बताउने गरेका छन् । राजनीतिक पार्टीहरुको सत्ता मोह सरकारमा पुग्नको लागि गरिएका चुनावताका अम¥यादित क्रियाकलाप, चुनाव जितेपछि सरकारमा गएर गरेका जनता विरोधी कार्य, असल कर्म गर्ने नागरिकहरुलाई राजनीतिक प्रतिशोध राखेर गर्ने गरेको काम आम मानिसहरुले भोगिरहेका छन् ।



त्यस खालका कृयाकलापहरु दिनानुदिन बढ्दै गएर मानिसले नेपालमा बस्न दिक्क मान्ने परिस्थिति निर्माण गर्न नेपालका थोत्रा पार्टीहरुको असक्षमकारी भूमिकाले जनतलाई यस्तो दिक्क लाग्दो अवस्थामा पु¥याएको हो भन्ने जनताको बुझाई रहेको छ ।

चोकका चिया पसल, भित्री चमेना गृहहरु, प्रध्यापकहरुले चिया पिउने क्याटिनहरु विद्यार्थीहरुले खाजा खाने स्थाहरुमा, अर्म पर्म गरेर खेती गर्ने किसानहरुको समूहमा मजदुरी गरी जिविकोपार्जन मजदुरुहरु बीचमा यस्तै गफहरु गरेको सुनिन्छ ।

यि माथि उल्लेखित विषयहरुका वारेमा आम नागरिकले गरेको धारणालाई आधार मान्दा नेपालका राजनीतिक पार्टीप्रति जनताको बितृष्णा बढेको नै हो भन्न सकिन्छ ।

हुन पनि यिनै सिमित राजनीतिक पार्टीहरु नेपालको सरकारमा जाने सरकार चलाउने गर्ने गरेका छन् । यिनै राजनीतिक पार्टीका नेताहरु सरकारमा आलोपालो गरेर सरकार चलाउदा नेपालको महगी बार्षिक १५ प्रतिशतसम्म बढ्ने गरेको छ । आम्दानी भने घट्ने तर नबढ्ने गरेको छ । यस्तो तरिकाको व्यवस्थापनले नेपालका तस्कर, माफिया, बिचौलिया, कार्टेलिङ गर्ने काला बजारी सिमित मान्छेलाई मात्रै फाईदा पुग्ने गरेको छ । त्यसलाई भन्ने आधार व्यवसाय समेत गरिरहेका हाल अभियान्तको रुपमा रहेका दुर्गा प्रसाईले सार्वजनिक रुपमा नै बोल्दै आएका छन् ।

दुर्गा प्रसाईको भनाइलाई बल पुग्नेगरी राजनीतिक पार्टीका नेताहरु ति कार्टेलिङ गर्ने व्यापारीका घर आगनमा सरकारमा रहेका महत्वपूर्ण व्याक्तिहरु नै पुग्ने गरेका देखिन्छन् । देश र जनताको हितमा भन्दा अन्यन्त्र नै काम कारवाही गर्ने गरेका राजनीतिक पार्टीहरु प्रति जनताको बितृष्णा बढेर जानु स्वभाविक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend