logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

प्रेस काउन्सिल नेपालका अध्यक्षलाई पत्रकारहरुले बुझाए ज्ञापन पत्र


  • जन आकाश
  • सोमबार, साउन २१ २०८१

oplus_2

मोहन कार्की ।



प्रेस काउन्सिलले हालसालै पत्रपत्रिकाको समिसन परिक्षण प्रकाशन गरेकोमा केही त्रुटीहरु भएका र त्यसलाई सच्याउन स्वत स्फुर्त रुपमा पत्रपत्रिका सञ्चालन गरीरहेका स्वरोगारमूलक पत्रकारहरु प्रेस काउन्सिल नेपालको कार्यलयमा ज्ञापन पत्र बुझाउन पुगेका थिए । ज्ञापन पत्र बुझाउने अभियानमा वरिष्ठ पत्रकार तथा राष्ट्रवाणी साप्ताहिकका सम्पादक तथा प्रकाशक हरि लम्साल समेत रहेका थिए ।

oplus_2

ज्ञापन पत्रमा उल्लेखित विषयहरु नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले पढेर प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई पत्रकारहरुले संयुक्तः रुपमा बुझाइएका छन् । त्यस ज्ञापन पत्र बुझाउने अभियानमा काठमाडौ उपत्यकाका तिनै वटै जिल्लाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाई, पुराना पत्रकार रमेश खडुका उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झा, लगायतको पनि उपस्थिति रहेको थियो । भने उपत्यका भन्दा बाहिरवाट रोल्पावाट कविता उपाध्यय, सम्तरीवाट अम्बिका दाहालले उपत्यका बाहिरको प्रनिनिधित्व गरेर आफ्नो धारणा राखेका थिए । उनिहरुले प्रेस कान्सिल नेपालले गरेका त्रुटीहरुलाई सच्याउन र नसच्याए देशैभरीवाट आन्दोलन गर्नुको विकल्प नरहेको धारणा राखेका थिए ।

सवैभन्दा बयोबृद्ध वरिष्ठ पत्रकार हरि लम्साल विरामी अवस्थामा पनि प्रेस काउन्सिलमा अन्याय भयो भनेर आउनु दुखःद भएको भनेर आका्रेशित हुदै लोकतान्त्रिक छापा माध्यम सञ्जालका अध्यक्ष दामोदर दुवाडीले आफ्नो धाराणा राखेका थिए । यसरी दुवाडीले आक्रोशित हुदै धाराणा राखिरहेका वेला पत्रकारिता गरिरहेका पत्रकारहरु निस्तब्ध भएको देखिन्थ्यो ।

सवैका कुरा सुनिसकेपछि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सवै पत्रकारहरुलाई हामी सवै एउटै परिवार भएको र यसरी याहा आउनु भएकोमा धन्यवाद दिदै, “भने मत दुखी होइन सवै जनासँग धेरै पछि भेट हुन पाउदा खुशी भएको छु । काम गर्दै जादा कमि कमजोरी भए होलान् । त्यसलाई सुधार गरौला तर विगतमा यो काउन्सिल कस्तो थियो तिन, चार बर्ष देखि पत्रपत्रिकाको वर्गीकरण रोक्किएर बसेको थियो । म आएपछि त्यसको काम दुई बर्षको एकैपटक वर्गीकरण गरेको छु । अर्को बर्ष चाडो वर्गीकरण गर्ने काम थालिसकेका छौ । मेरो कालकालमा राजनीतिक आस्थाका आधारमा प्रतिशोध भयो भनेर कसैले भन्छ भने सवै रेकर्ड हेर्न अनुरोध छ भन्दै त्यसस्तो म हुन दिन्न म स्वयम साना लगानीमा चलेको स्वारोजारमुखी धरातलवाट आएको व्याक्ति हु मेरो कार्यकालमा राजनीतिक आस्थाको आधारमा प्रतिशोध दिन्न” भन्दै सवैलाई चिया पिएर जान आग्रह गरेका थिए । तर उनि आफै चै चिया नपिए आफ्नो भनाई सकेपछि कार्यकक्षमा झरेका थिए ।

तर प्रकाशित भएको वर्गीकरणको लिष्टमा हेर्ने हो भने धेरै जति एमाले र काग्रेस समर्थित देखिने पत्रपत्रिकाहरुको पक्ष पोषण भएको र अन्य स्वतन्त्र पत्रपत्रिकाहरुलाइृ घटुवा गरेको देखिन्छ । यस्ता घटनाहरुले नेपालका दलको आस्था नराख्ने र स्वतन्त्र नागरिकले चलाएका कुनैपनि उद्योग, सञ्चार टिक्न नसक्ने र निरास भएर कि प्रेम आचार्य बन्नु पर्ने कि लाचार भएर देश छोड्नुपर्नु अवस्था देशमा हावी हुदै गएको छ । त्यस्तै पढे लेखेका नीतिमा अडान होला विवेक प्रयोग गर्ने ठाउँ अन्यायलाई न्याय गर्न सक्छ भन्ने ठाउँ प्रेस काउन्सिल नेपालको काम गराइमा पनि खोट देखिएको छ । सुधारर्ने कुरा त भएको छ । तर राजनीतिक पिछेका पत्रकार संघहरु छन् । ति दलीय आधारमा भागबण्डा गरेर मात्रै सुधार हुने हो कि स्वतन्त्र नागरिकले पनि न्याय पाउछन् भन्ने उदारण दिने हो त्यो हेर्न बाँकी छ । आउदा दिनका कामहरुले देखाउने छ ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend