logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

राज्यमन्त्री तामाङलाइ चुचुरेका जनताले दिए बधाई र शुभकामना


  • जन आकाश
  • बुधबार, साउन २३ २०८१

काठमाडौ । रामेछाप जिल्लावाट प्रतिनिधिसभा सदस्यमा  निर्वाचित पुर्ण बहादुर  ( कान्छाराम) तामाङ उर्जा, जलस्रोत तथा सिचाइ मन्त्री भएको खुशीयालिमा रामेछापको चुचुरेका काठमाडौ बसोबास गर्ने नागरिकहरुले भव्य कार्यक्रमको आयोजना गरि बधाई तथा शुभकामना दिएका छन् ।



 

काठमाडौको जोरपाटीस्थित पिस ब्यङकेटमा शुभकामना तथा बधाई कार्यक्रम राखिएको हो। कार्यक्रममा गोकुलगगा गाउपालिकाकि उपाध्यक्ष लगायत गोकुलगगाका अन्य नागरिकहरुको पनि सहभागीता रहेको थियो।

सोही अवसर पारेर चुचुरेका युवाहरु श्याम कार्की, रविन विष्ट, कमल घिमिरे, मनि कुमार लामा,छिरिङ शेर्पाको समुहले बधाई तथा शुभकामना सहितको सम्मान पत्र समेतले सम्मानित गरेका छन् ।

उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै राज्यमन्त्री तामाङले भने, “रामेछापका जनताले मतदान गरि आज यो महत्वपूर्ण पदमा मलाइ पुर्याउनु भएकोमा धन्यवाद दिन्छु। म अव रामेछापको मात्रै राज्यमन्त्री नभएर देशकै राज्यमन्त्री भएको हुनाले सविधान साचि राखेर जनताको हितमा काम गर्ने  छु” भन्दै गोकुलगगाको चुचुरेमा म आफै जन्मेको गाउको लागि वडा कार्यालयसम्म पुग्ने बाटोको लागि   १ करोड बजेटको व्यवस्था गरेको पनि  बताएका छन।

केहिदिन पछि रामेछापका जनतासग भेटघाट गर्न जाने पनि राज्यमन्त्री तामाङले  सोहि कार्याक्रममा बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend